logo
२०८२ भाद्र १० मंगलवार



महरालाई थुनामै राख्न उच्च अदालत पाटनको आदेश (पूर्ण पाठ सहित)

खुला |


महरालाई थुनामै राख्न उच्च अदालत पाटनको आदेश (पूर्ण पाठ सहित)


नारायण काफ्ले

काठमाडौं, पुस ३ गते । पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले यस अघि थुनामा राखी मुद्दा पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी तथा न्यायाधीश टेकनरायण कुँबरको संयुक्त इजलासले सो आदेश गरेको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताउनुभयो
काठमाडांै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा मङ्सिर ५ गते निवेदन दर्ता गराउनु भएको थियो
उहाँलाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?