बसन्त पराजुली
भरतपुर पुस ४ गते । पूर्वि चितवनको राप्ती नगर पालिका वडा नम्वर ६ मा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । ओम शिव समिल तथा भेनियर उद्योगमा आगलागी भएको प्रहरी निरिक्षक शुशिल पाण्डेले जानकारी दिनुभयो ।
चितवनकै ठूलो प्लाई उद्योगमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल र नेपाल प्रहरी र शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दा परिचालन भएका थिए । झण्डै डेड घण्टा लगाएर सो अगो नियन्त्रणमा लिइएको हो ।
“३।४५ बबेवाट आगो देखिएपछि नियन्त्रण गर्न थालिएको ५।०० वजे मात्रै पूर्ण रुपमा नियन्त्रण गर्न सकियो”, प्रहरी निरिक्षक पाण्डेले भन्नुभयो । पाण्डे नेतृत्वको प्रहरी टोली आगो नियन्त्रणमा खटिएको थियो ।
भरतपुर महानगर पालिकाको दुई र खैरहानी नगर पालिकाको दुई र नेपाली सेनाको एक गरि पाँच दमकल आगो नियन्त्रणमा परिचालन गरिएको थियो । दमकल सगै प्रहरी, सेना, शसस्त्र प्रहरी र स्थानिय वासिन्दा पनि आगो नियन्त्रणमा परिचालन भएका थिए ।
लामो टहरा वनाइएर चलाइएको प्लाइ उद्योगमा तयार गरि राखिएका प्लाइ त्यसको कच्चा पदार्थका रुपमा रहेको सल्लाको काठ समेत जलेर नष्ट भएको छ । सल्ला आगो लाग्न सवै भन्दा सजिलो काठ हो ।
“उद्योगका तीन वटा मिल र प्लाइका लागि तयार पारिएको काठ जलेको छ । भवन त काम नै नलाग्ने अवस्थामा छ”, प्रनि पाण्डे भन्नुभयो । आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन । प्लाई उद्योगमा भएको आगलागीबाट भएको क्षतिका बारेमा पनि कुनै जानकारी सार्वजनिक भएको छैन । उद्योगका सञ्चालक राम उप्रेतीसँग सम्पक गर्दा उहाँको मोवाइल स्वीच अफ छ