चित्र मिजार
सिन्धुपाल्चोक, पुस ४ गते । पछिल्लो समय सिन्धुपाल्चोकमा सवारी दुर्घटना बढेको र जनधनको क्षति भएपछि दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले शुक्रबार सडकमा नै चालकको आँखा परीक्षण गराउन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रजल्व महर्जनले सिन्धुपाल्चोको बीचस्थान पर्ने बन्देउमा ११६ जना चालकको दृष्टि तथा कलर भिजन जाँच गरिएको जानकारी दिनु भएको छ ।
दोलखा, जिरी , शैलुङगेश्वरी, रोल्वालिङ, बाह्बिसे, जलबिरे, चौतारा लगायतका स्थानबाट आउने साना ठूला सबै खाले सवारीसाधानका चालकको आँखा परिक्षण गरिएको उहाँले बताउनु भएको छ । सुनकोशी यातयात, शैलुङगेश्वी यातयात, हिमशिखर यातयात, जलबिरे यातयात, जुगल यातयात, गौरीशंकर, सगरमाथा लगायतका यात्रुबस, मिनिबस, ट्रिपर लगायतका सवारी साधानका चालकको आँखा परिक्षण गरिएको छ ।
चालक सहचालक र यात्रुहरुलाई सवार र सवारीसाधानको बारे परामर्श पनि दिइएको थियो । उत्साहका साथ चालकहरु आँखा परिक्षण गराएका थिए । जिल्ला ट्राफिक कार्यालय अंधेरीका प्रमुख राजेशकुमार दाहालले बताए अनुसार सवारीसाधानलाई ट्रार्फिक नियम पालान गराइएको जानकारी दिए ।
सडकको दयनीय अबस्था, यान्त्रिक गढबढी, ओभरलोड लगायतका बारे सचेत गराइएको प्रहरी नायव निरिक्षक समेत रहेका दाहालले बताउनु भयो । चालक प्रकाश भट्टराइले आँखा र कलर भिजन परीक्षण गराएर दुर्घटना कम गराउन सचेत बनाएकोमा हर्ष ब्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा चालकको आँखा परीक्षण गरिएको हो । स्थानीय समाजसेवी नारायणकृष्ण बोहराले प्रहरी र ट्रार्फिकले दुर्घटना न्यूनीकरणका लागि गरेका यस्ता कार्य प्रशंसनीय रहेको प्रतिक्रिया दिनुभयो ।
आगामी दिनहरूमा पनि दुर्घटना कम गर्ने अभियान चलाई रहने एसपी मर्हजनले बताउनुभयो । सिन्धुपाल्चाकेमा दुई महिना यता सडक दुर्घटनामा ४४ जनाको ज्यान गएको र १५४ जना घाइते भएपछि टार्फिक र प्रहरीको सक्रियता बढेको छ ।