logo
२०८१ मंसिर ९ आईतवार



चिसोले कठ्याङ्ग्रिएर दुइको मृत्यु

खुला |


चिसोले कठ्याङ्ग्रिएर दुइको मृत्यु


सञ्जयकुमार मिश्र

गौर,पुस ६ गते । शितलहरसंगै बढेको अत्यधिक चिसोले कठ्याग्रिएर आइतबार बिहान रौतहटको दुर्गाभगवती गाउँपालिकाको वडा नं. ५ मा दुईजनाको मृत्यु भएको छ ।

शितलहरसँगै दिनभरि लाग्ने बाक्लो कुहिरोले बढेको चिसोले कठ्याङ्ग्रिएर दुर्गाभगवती गाउँपालिका ५ बडहर्वामा दुईजना वृद्धको मृत्यु भएको हो ।

चिसोले बडहर्वाका ६५ वर्षिय जनक दास तत्मा र ६६ वर्षिय बिलास सहनी मलाहको मृत्यु भएको वडाध्यक्ष धर्मनाथ चौधरीले बताउनुभयो । उहाँले दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा बाढी पिडित परिवारको घरको छाना पातलो भएको कारण चिसोले कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

शितलहरसँगै बढेको चिसोबाट सर्वसाधारणलाइ जोगाउन गाउँपालिकाले न्यानो कपडा तथा आगो ताप्न दाउराको व्यवस्था यथाशिघ्र गर्न पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

केही दिनदेखि घामको मुख समेत तराइका जिल्लाहरुमा देखिएको छैन । दिनभरि हुने बाक्लो कुहिराका कारण बढेको अत्यधिक चिसोका कारण जिल्लावासीहरुको जनजीवन कष्टकर भएको छ । अत्यधिक चिसोले जिल्लाको विभिन्न ठाउमा रहेको बजारमा चहलपहलमा कमी आउनुको साथै सडकमा हिडडुल गर्ने बटुवा लगायत बसहरुमा ओहोर दोहोर गर्ने यात्रुहरुको संख्यामा निकै नै कमी आएकोे छ । जिल्लावासीहरु अहिले घर बाहिर निस्कन छाडेपछि सदरमुकाम गौर स्थित रहेका सरकारी कार्यालयहरुमा कामका लागि आउने सेवाग्राहीको लाग्ने घुइचो कम हुँदै गएको थियो ।

चिसोका कारण बजारमा उपभोक्ताको अभावमा उद्योगी व्यापारी ,उपभोग्य सामाग्री बिक्रेताहरुको दैनिक आम्दानीमा समेत प्रभाव पर्नुको साथै स्वास्थ्य संस्थाहरुमा रुघा, खोकी, दम, ज्वरो, निमोनियाका ग्रसित विरामीहरुको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?