logo
२०८१ मंसिर ९ आईतवार



स्वयम्भुमा सुरु भयो नयाँ हेयर एण्ड ब्यूटी सैलुन

खुला |


स्वयम्भुमा सुरु भयो नयाँ हेयर एण्ड ब्यूटी सैलुन


गोरखापत्र अनलाइन
काठमाडौं,पुस ६ गते । काठमाडौं स्वयम्भुको एरोमा हेयर एण्ड ब्यूटी सैलुनको उद्घाटन गरिएको छ । गायिका अभय सुब्बाले शैलुनको उद्घाटन गर्नुभएको हो ।

बिगत लामो समयदेखि ब्यूटिसियन पेशामा आबद्ध ब्यूटिसियन कविता ओझा सिग्देलद्धारा संञ्चालित एरोमा हेयर एण्ड ब्यूटी सैलुनको आइतबार रक गायिका सुब्बाले उद्घाटन गर्नुभएको हो ।

सिग्देल लामो समयदेखि ठमेलमा रहेको मस्र्यादी ब्यूटी पार्लर तथा स्पा संचालन गर्नुभएको थियो । उहाँले  केही बर्षको बिश्रामपछि स्वयम्भुका पुनः दक्ष जनशक्तिलाई लिएर एरोमा हेयर एण्ड ब्यूटी शैलुनको आइतबारबाट सुरुवात गर्नुभएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?