अमर नहर्की
तनहुँ, पुस ७ गते । तनहुँको व्यास नगरपालिका–११ राम्चे स्थित ढुङ्गाखानीमा प्रयोग गरिएको एक स्काभेटर आगजनी भएको छ ।
सिंहभैरव निमार्ण प्रालिको ग १ क ३४४१ नम्बरको स्काभेटर (डोजर) गए राती आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । डिएसपी लामिछानेका अनुसार आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।
९० लाख रुपियाँमा डोजर खरीद गरिएको र हाल करीव ७५ लाख रुपैयाँ नोक्सान भएको डोजरका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो । सोमबार घटनास्थलमा पुगि क्षेतीको विवरण लिएको र आगजनी गर्नेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।