logo
२०८१ मंसिर १२ बुधवार



जहाजबाटै लागूऔषध ओसारपसार

स्याम्फुको डिब्बाभित्र कण्डमको खोस्टोमा बाँधिएको अवस्थामा लागूऔषध

खुला |


जहाजबाटै लागूऔषध ओसारपसार
जिल्ला प्रहरी कार्यालय जुम्लाले जहाजबाट लागूऔषध बरामद गरेको जानकारी गराउँदै । तस्बिर–नेत्र शाही


नेत्र शाही
खलङ्गा पुस ७ गते । जुम्ला सडक सञ्जालले जोडिएपछि पछिल्लो समय लागूऔषध ओसार पसार तथा प्रयोग बढिरहेकोमा त्यसमा संलग्नहरुले नयाँ रुट प्रयोग गरेका छन् । उनीहरुले जहाजबाट लागूऔषध ओसारपसारको रुट प्रयोग गर्न थालेको प्रहरीले खुलाएको छ ।
प्रहरी छल्दै लागूऔषध जहाजबाट जुम्लामा भित्रिने गरेको भन्ने गोप्य सूचनाको आधारमा जुम्ला प्रहरीले ६ ग्रामको लागूऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले तारा एयरको जहाजमा आएको एक कार्टुनभित्र स्याम्फुको डिब्बा, स्याम्फुको डिब्बाभित्र कण्डमको खोस्टोमा बाँधिएको अवस्थामा लागूऔषध भेटाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक –डिएसपी) लालबहादुर धामीले बताउनुभयो ।
उहाँका अनुसार प्रहरीले विशेष सर्च अभियानको आधारमा पुस २ गते नेपालगंजबाट आएको जहाजमा पठाएको कार्टुनभित्र लागूऔषध फेला परेको हो । डिएसपी धामीले प्रमाण भेटाएपछि जहाजबाट पनि लागूऔषध ओसारपसार हुन्छ भन्ने प्रमाणित भएको बताउनुभयो । घटनाको अनुसन्धानका लागि जहाजमै काम गर्ने जुम्लाबाट एक र नेपालगंजबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर लागूऔषध ओसारपोसर तथा चोरीका घटना सार्वजानिक गरेका छन् । जुम्ला जस्तो ठाउँमा लागूऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारलाग्दो थिएन । तर पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौँ’ डिएसपी धामीले भन्नुभयोे, अन्ततः नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवन भित्रबाट ब्राउन सुगर बरामद गर्न सफल भयौँ ।
नेपालगंजबाट सिलबन्दी सामान पठाउने, जुम्लामा उक्त सामान लिनेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उनीहरूको नामभने गोप्य राखिएको छ । त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका( ३ कुडारीस्थित रोडमाको सडकखण्डमा एक ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजना नावालकलाई प्रहरीले पक्राउ गरेको गरेको छ । ती नावालकको बयानका आधारमा थप तीन÷चार जना व्यक्ति पक्राउ गरिएको छ । तर, यो विषयलाई अनुसन्धान गरी थप १० जना जति पक्राउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधसहित उनीहरूले विक्री गरेर साथमा राखेको ५० हजार रुपियाँ नगद पनि बरामद गरेको बताइएको छ । पछिल्लो समयमा जहाजबाटै यसरी लागूऔषध आउने हो भने सुरक्षा निकायलाई चुनौती थपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?