logo
२०८१ मंसिर १२ बुधवार



विभिन्न व्यक्तिलाई सिरक वितरण

खुला |


विभिन्न व्यक्तिलाई सिरक वितरण


शैलेन्द्र रोकाया
बजाङ्ग, पुस ६ गते । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक, असहाय, विपन्नवर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बच्न सिरकहरु वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच हिउँदमा अत्याधिक चिसो हुने भएकाले गाउँपालिकाले सिरक वितरण गरको हो ।

गतहप्ता परेको पानी र हिउँसँगै चिसो अत्याधिक मात्रामा बढेपछि गाउँपालिकाले वडा कार्यालयहरुको सिफारिसमा जेष्ठ नागरिक ,अति विपन्न वर्ग, फरक क्षमता भएका (अपाङ्गता) भएका व्यक्ति, एकल महिलालाई एकवटा सिरक वितरण गरेको हो । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गतहप्तादेखि चिसो ह्वातै बढेकाले यस्तो कार्य गरिएको बताउनुुभयो

दुबै आँखा बन्द रहेका खप्तड छान्ना गाउँपालिका ७ का जहरी सिंहले हामी जस्ता असहाय , गरिव दीनदुःखीका लागि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो भएको बताउनुभयो ।
गाउँपालिकाका सातवटा वडाहरुबाट प्रतिवडा १५ देखि २० जनालाई छनौट गरेर जम्मा एकसय ५ जनालाई सिरक वितरण गरिएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?