जयकृष्ण यादव
इनरुवा, पुस ११ गते । आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार सकिएको छ । सुनसरी जिल्ला अदालतमा मिसिल बिहीबार बुझाइएकोमा शुक्रबार बयान भएको हो । सरकारी वकिलका तर्पmबाट जिल्ला न्याधिवत्ता गोकुल निरौला, नवराज विष्ट, रेवति सुवेदी, अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राई छजनाले र दासको तर्फबाट अधिवक्ता मोहन कोईराला, सरोज गिरीसहित सातजनाले बहस गर्ने भएकाले शुक्रबार बयानमै सकिएकाले आईतबार थुनछेक बहस हुने अदालतले जनाएको छ ।
प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिने समय अस्पतालमा बिताएका कृष्णदासलाई बिहीबार साँझ मिसिलसहित सुनसरी जिल्ला अदालतमा पु¥याइएकोमा शुक्रबार बयान भएको हो । बयान मात्रै सकिएको र थुनछेक बहसका लागि फेरि ल्याउने गरी गिरीलाई प्रहरीकै जिम्मा दिएको अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिनुभयो । थुनछेक बहसका लागि आईतबार १० बजे बोलाईएको र सकिए सोही दिन, नसकिए सोमबारसम्ममा करागार चलान गर्ने कि सधारण तारेख वा धरौटीमा छाड्ने कुरा थाहा हुने बताउनुभयो ।
उता सरकारी वकिलमार्फत् कृष्णदासको मुद्दासँग सम्बन्धित मिसिल अदालतमा बुझाइएसगैं बिहीबार र शुक्रबार अदालत आसपास क्षेत्रमा बाबाको समर्थक र विरोधमा दिनभर नाराबाजी भएको छ । प्रहरीले बिराट नर्सिङ होममा उपचारमा रहेका कृष्णदासलाई अदालत पु¥याएको र थुनछेक बहस नभएकाले कृष्णदासलाई एसीसहितको सुविधा सम्पन्न एम्बुलेन्समा अदालतबाट अस्पताल मै पु¥याइएको थियो । सुनसरी जिल्ला अदालतले बलात्कार अभियोगमा कृष्णबहादुर गिरी उपरको मिसिल बिहीबार प्राप्त भएको र थुनछेक वहस शुक्रबारको लागि कार्यालय समयसँगै सुरु हुने भनिए पनि बयान मात्रै सकिएकाले प्रहरीलाई जिम्मा लगाएको बताएको छ । सुनसरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक डीएसपी विनोद शर्माले सरकारी वकिलमार्फत् मिसिल अदालत बुझाइएको बताउँदै कृष्णदास उपरको मुद्दामा शुक्रबारबाट थुनछेक सुरु भएको र नसकिएकाले आईतबार निरन्तर रुपमा हुने बताउनुभयो । शर्माले सबै रिपोर्ट र अनुसन्धानसहितको मिसिल अदालत बुझाइएको बताउँदै अबको सम्पूर्ण निर्णय अदालतको आदेशमा निहित रहेको बताउनुभयो ।
अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेको बताइएको छ । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए । हिरासतको समय विराट नर्सिङ होममा कटाएका गिरीले आफूमाथि फसाउने षड्यन्त्र
भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा ७७ प्रतिशत मिलेको छ ।
दिनभर सुनसरी जिल्ला अदालत तनावग्रस्त
शुक्रबार दिनभर सुनसरी जिल्ला अदालत इनरुवा तनावग्रस्त रहेको छ । अदालतमा आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान र थुनछेक बहस हुने भएकाले उहाँका समर्थक र अधिकारकर्मीहरु पक्ष र विपक्षमा नाराबाजी गरेकाले शुक्रबार दिनभर अदालत तनावग्रस्त बनेको हो ।
बाबाका सर्मकहरुले जय श्रीराम, जयजय श्रीराम, जय हनुमान, सत्यको जित हुन्छ लगायतका मन्त्रसहितको नाराबाजी दिनभर गरे भने मानवअधिकार र महिला अधिकारकर्मीले विपक्षमा बलात्कारीलाई फाँसी दे, बलात्कार गर्नेलाई कार्वाही गर, बलात्कारलाई छाड्नुहुँदैन, महिला हिंसा छैन स्विकार, बलात्कारीलाई जेल चलान गर, महिला अधिकार सुनिश्चित गर, न्यायमा तलमाथि नहोस्लगायतका नाराबाजी गरेका छन् ।