logo
२०८१ मंसिर १२ बुधवार



कीर्तिपुरमा शंकास्पद वस्तु निष्किृय पारियो

खुला |


कीर्तिपुरमा शंकास्पद वस्तु निष्किृय पारियो



गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ११ गते । कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम भएको प्रहरीले पुष्टि गरेको छ ।

बमलाई सेनाको डिस्पोजल टोलीले निष्कृय गरिसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो ।

शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरसँगै प्लाष्टिकका ह्याण्ड ग्रेनेड भेटिएको स्थानीय विविशा शाक्यले बताउनुभयो । तस्बिर – प्रताप महर्जन (फेसबुकबाट साभार)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?