logo
२०८१ मंसिर १२ बुधवार



कृष्णदासको थुनछेक बहस सकिएन, सोमबार पनि बहस हुने

खुला |


कृष्णदासको थुनछेक बहस सकिएन, सोमबार पनि बहस हुने
सुनसरी जिल्ला अदालत इनरुवा अगाडी कृष्णदास गिरीको पक्ष र विपक्षमा प्रर्दशन र नाराबाजी गर्दै । तस्बिर – जयकृष्ण यादव



जयकृष्ण यादव
इनरुवा, पुस १३ गते । आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको आईतबार पनि थुनछेक बहस नसकिएकाले सोमबार फेरि थुनछेक बहस जारी रहने भएको छ ।

सुनसरी जिल्ला अदालत इनरुवामा कृष्णदास गिरीको पक्षबाट तीनजना र सरकारी वकिलका तर्फबाट छजना तथा पीडित जाहेरबालाको तर्फबाट दुई जना गरि ११ जनाको बहस आईतबार सकेको छ । बाँकी तीनजनाको बहस नसकिएकाले सोमबार फेरि थुनछेक बहस हुने भएको हो ।

सरकारी वकिलका तर्पmबाट जिल्ला न्यायाधिवत्ता गोकुल निरौला, नवराज विष्ट, रेवति सुवेदी, अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राईसहित छजना, जाहेरबाला पक्षका दुईजना र गिरीको तर्फबाट तीन अधिवक्ताले थुनछेक बहस गरेको जिल्ला अदालतले जनाएको छ ।

सुनसरी जिल्ला अदालतमा शुक्रबार गिरीको बयान सकिएकाले आईतबार थुनछेक बहस सरेकोमा आईतबार पनि नसकिएकाले सोमबार बाँकीको थुनछेक बहस हुने सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले बताउनुभयो ।

कृष्णदास गिरीको सुनसरी जिल्ला अदालतमा बयान चलिरहेको बेला आईतबार पनि शुक्रबारु जस्तै दिनभर गिरीको समर्थक र महिला अधिकारकर्मीहरुले पक्ष र विपक्षमा चर्का नाराबाजी गरेका थिए । आइतबार थुनछेक बहस नसकिएकाले सोमबारमा मात्रै अदालतले र्पुपक्षका लागि कारागार चलान गर्ने कि सधारण तारेख वा धरौटीमा छाड्ने कुरा थाहा हुने जिल्ला अदालत सुनसरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?