logo
२०८१ मंसिर ९ आईतवार



प्रहरीकाे सक्रियतासँगै आखेटोपहार काराेवारी पक्राउ पर्न थाले

खुला |


प्रहरीकाे सक्रियतासँगै आखेटोपहार काराेवारी पक्राउ पर्न थाले


केशवराज पौडेल

काठमाडौं, पुस १४ गते । नेपाल प्रहरीकाे सक्रियतासँगै  संरक्षित वन्यजन्तुहरुको आखेटोपहारह अवैध रुपमा ओसारपसार तथा बेचबिखनमा संलग्न पक्राउ पर्न थालेकाे छन्  । यसै क्रममा नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान व्यूराे (सिआइबी)ले वन्यजन्तुको आखटोपहारह सहित नियन्त्रणमा लिएकाहरूलार्इ साेमबार सार्वजनिक गरेको हो ।

सिआइबीले पौष ९ गते काठमाडौं–५ भाटभोटिनीबाट सालकको छाला सहितको दुई थान खपटासँगै महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं ५ का ६० बर्षिया सिंहबहादुर मोक्तान, मकवानपुर बकैपा गाउँपालिका–२ का ४६ बर्षिया कालबहादुर जिम्बा, धादिङ खनियाबास गाउँपालिका–३ का २८ बर्षिया सुके तामाङ, धादिङ त्रिपुरासुन्दरी नगरपालिका–३ का २४ बर्षिया उमेश अधिकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले सालकको चार किलो खपटासँगै सिन्धुली तीनपाटन–७ का २२ बर्षिया कर्ण रम्तेललाई पक्राउ गरेको छ ।

पछिल्लो समय मानवकै कारण अस्तित्वको संकटमा परेको जन्तु सालक हो । शाकाहारी र निक्कै शान्त प्रकृतिको सालक सामुदायिक जंगलमा पाइन्छ । एक हजारदेखि दुई हजार मिटर सम्मको उचाइमा पाइने सालकको खपटा गरगहना र औषधि बनाउन चीनसम्म पुग्ने गरेको छ । 

प्रहरीले पुस ७ गते काठमाडौ–४ सुकेधाराबाट भालुको पित्त सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले धादिङ सिद्धलेख गाउँपालिका वडा नं ४ का २५ बर्षिया इश्वर थपलिया, दोलखा बैतेश्वर गाउँपालिका ४ का ५१ बर्षिया ललितबहादुर बिक, ३३ बर्षिया राजकुमार दाहाल र २५ बर्षिया राम खातीलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ का २३ बर्षिया हरिश भट्ट रहेका छन् ।

प्रहरीले काठमाडौं टोखा नगरपालिका–३ ग्राण्डी एरियाबाट सरक्षित वन्यजन्तु चितुवाको छाला दुइ थान सहित तीज जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट–८ का २० बर्षिया सरोज ओझा, काठमाडौंको तारकेश्वर–१ का २३ बर्षिया सुरेन्द्र तामाङ र कैलालीका लम्की चुहा नगरपालिका–३ का कृष्ण क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार पक्राउ परेका सबै जनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन,२०२९ बिरुद्धको अपराध अन्तरगत मुद्दा चलाउने बताउनुभयो । उहाँले संरक्षित वन्यजन्तुको सुरक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो ।

डिभिजन वन कार्यालय काठमाडाैं डिभिजनल वन अधिकृत बद्री कार्कीले सबै निकायको सकृयतासँगै संरक्षित वन्यजन्तुको सुरक्षामा सबै निकायले सकृयता देखाएको बताउनुभयो । उहाँले देशभरीबाटै यस्ता अपराधमा संम्लग्नहरू काठमाडौंमा आउने भएकाले सख्या धेरै देखिएको डिभिजनल वन अधिकृत कार्कीले बताउनुभयो । उहाँले मानिसमा अज्ञानता, गरिबी, लोभको कारणले समेत अपराधको सख्यामा बृद्धि भएको देखिएका बताउनुभयो ।

‘सालककै खपटा धेरै मूल्यमा कारोबारीले बेच्दैनन् तर मान्छेले मारेर बिक्री गरिरहेको छ यो अज्ञानताको कारण हो’ अधिकृत कार्कीले भन्नुभयो । उहाँले सिआइबीले समेत यस्ता प्रकृतिका मुद्दा हेर्ने छुट्टै युनिट खडा गरेर काम गरेसँगै पक्राउ पर्नेहरुको संख्या धेरै भएको बताउनुभयो ।

मानिसले पैसा पाउने आशामा र जंगली वन्यजन्तुसँग द्वन्द्व बढेसँगै वन्यजन्तु क्रमशः असुरक्षित बन्दै गएपछि वन कार्यालयले सचेतनाका कार्यक्रमहरु समेत संचालन गरिरहेको बताउनुभयो । वन्यजन्तु मानवका दुश्मन नभएर साथी भएको सन्देश दिन कार्यक्रमहरु संचालन भैरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?