logo
२०८१ मंसिर १२ बुधवार



गोरखापत्र ज्ञानसागर (वस्तुगत प्रश्नोत्तर)

खुला |




१. नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्टबीच कहिले सम्झौता भएको थियो ?
 विक्रम संवत् २०७४ भदौ २९ गते ।
(सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५५ अर्ब रुपियाँ अनुदान दिनेछ भने नेपालले १३ अर्ब रुपियाँ विनियोजन गरी साझा कोष बनाइनेछ । यो कोषको रकम विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि परिचालन गरिने नेपाल सरकारले निर्णय गरिसकेको छ । सम्झौता कार्यान्वयनका लागि नेपालको संसद्बाट
अनुमोदन हुनुपर्नेछ ।)
२. वृहस्पति र मङ्गल ग्रहको बीचमा फेलापरेको धातुयुक्त छुद्र ग्रह कुन हो ?
 साइकी ।
(यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एिनबलडी गेस्परिसले पत्ता लगाएका । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको ।)
३. पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिताको उपाधि कसले जित्यो ?
 चितवन राइनोज ।
(पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा २०७६ पुस १२ मा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हटाउँदै चितवनले उपाधि जितेको ।)
४. संयुक्त राष्ट्रसङ्घको डिकेट इन रिभ्युअनुसार दशककै प्रसिद्ध किशोरीका रूपमा कसलाई घोषित गरियो ?
 मलाला युसुफजाई ।
– राष्ट्रसङ्घले एक दशकका प्रमुख घटना, हस्तीहरू र चर्चित सम्झौतालाई समावेश गरी प्रतिवेदन जारी गरेको । प्रतिवेदनमा हाइटीमा सन् २०१० मा आएको महाविनाशकारी भूकम्प, सन् २०११ मा सिरियामा सुरु भएको सङ्घर्ष, पेरिस जलवायु परिवर्तन सम्झौता र राष्ट्रसङ्घको २०३० एजेन्डाजस्ता प्रमुख विषयलाई समावेश गरिएको ।
– सो प्रतिवेदनमा नोबल शान्ति पुरस्कार विजेता मलालालाई विश्वको सबैभन्दा प्रसिद्ध किशोरी घोषणा गरिएको ।
५. नेपालमा किबी खेतीको सुरुवात कुन जिल्लाबाट
भएको हो ?
 दोलखा ।
(दोलखाबाट पहिचान र व्यावसायिक उत्पादन सुरु भएको किबी फलको प्रवद्र्धनका लागि भीमेश्वर नगरपालिकाले भ्रमण वर्ष–२०२० को पहिलो दिन जनवरी १ मा किबी महोत्सवको आयोजना गरिने ।)६. विसं २०७६ कात्तिक २९ मा नेपाल सरकारबाट मानार्थ नागरिकता कस–कसलाई प्रदान गरियो ?
 बेलायतका कोलिनस्मिथ (पुतलीबाजे) र दक्षिण कोरियाका उम होङ गिल ।
७. नेपालमा उद्योग दिवस कहिले मनाइन्छ ?
 मङ्सिर ९ ।
(विसं २०७६ को नारा ः उद्योग र पूर्वाधार ः समृद्धिको आधार)
८. नबिल हिरोे उपाधिबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?
 निर्मल पुर्जा ।
(साहसिक पर्वतारोहणको सम्मानस्वरूप रु. सात लाख प्रदान गरिएको । )
९. द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटद्वारा सन् २०१९ मा प्रकाशित सूचीअनुसार बस्नका लागि उत्कृष्ट १० सहर कुन–कुन हुन् ?
 क्रमशः अस्ट्रियाको भियना, अस्ट्रेलियाको मेलवर्न, सिड्नी र एडिलेड, जापानको ओशाका, क्यानडाको क्यालगेरी, भ्यानकुभर र टोरन्टो, जापानको टोकियो, डेनमार्कको कोपनहेगन ।
(सो सूचीअनुसार बस्नका लागि अयोग्य सहरमा क्रमशः सिरियाको दमास्कस, नाइजेरियाको लागोस, बङ्गलादेशको ढाका, लिबियाको ट्रिपोली, पाकिस्तानको कराँची, पपुवान्युगिनीको पोर्ट मोर्सबी, जिम्बावेको हरारे, क्यामरुनको डुआला, अल्जेरियाको अल्जियर्स र भेनेजुएलाको काराकस रहेका । )
१०. पहिलो नेपाल लोकस्टार बन्न सफल प्रतिभा को हुनुहुन्छ ?
 शनि विश्वकर्मा (रोल्पा) ।
– एपीवान टेलिभिजनबाट प्रसारित नेपाल लोक स्टारमा स्याङ्जाका चेतन गोतामे द्वितीय र उदयपुरका विनोद दनुवार तृतीय भएका ।
– प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपियाँ प्रदान गरिएको ।
११. छैटौँ इन्टेग्रिटी आईकन (२०१९) को उपाधि हासिल गर्ने राष्ट्रसेवक कर्मचारी को हुनुहुन्छ ?
 काजीमान राई ।
– त्यसैगरी, इन्टेग्रिटी विथ कम्प्यासनबाट पुण्यप्रभा देवकोटा (मुगुका वरिष्ठ अनमी), इन्टेग्रिटी विथ इन्स्पिरेसनबाट प्रेमबहादुर दरै (भानु मावि तनहुँका शिक्षक), इन्टिग्रिटी विथ इनोभेसन अवार्डबाट ईश्वरी सुवेदी (खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत) र इन्टेग्रिटी विथ करेज अवार्डबाट ज्ञानेन्द्रकुमार मिश्र (वन तथा वातावरण मन्त्रालय) सम्मानित भएका ।
– नागरिक स्तरबाट उत्कृष्ट कर्मचारी सम्मानित गर्ने उद्देश्यसाथ इन्टिग्रिटी आइडल अवार्डको सुरुवात सन् २०१४ देखि भएको ।
– नेपालबाट सुरुवात भएको यो अभियान हाल श्रीलङ्का, पाकिस्तान, माली, लाइबेरिया, दक्षिण अफ्रिका, नाइजेरिया, मेक्सिको नाइजरलगायतका मुलुकमा विस्तार भइसकेको ।
१२. हालै एसियाली प्रहरी सम्मेलनको आयोजना कहाँ गरियो ?
 काठमाडौँ (विसं २०७६ असोज ७–९) ।
१३. नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७६ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ?
 भागिरथी श्रेष्ठ ।
१४. विश्वमै सबैभन्दा बढी समय शासन गर्ने राजा को हुनुहुन्छ ?
 भूमिबोल अदुल्यादेज (थाइल्यान्ड)
१५. जगदीश घिमिरे स्मृति पुरस्कार पहिलोपटक कसलाई प्रदान गरियो ?
 मनु ब्राजाकी (राशि रु. ५१ हजार) ।
१६. नेपाल भ्रमण वर्ष २०२० औपचारिक शुभारम्म कहिले र कहाँ कहाँ हुँदैछ ?
 सन २०२० जनवरी १ ।
– सो दिन(आज) राजधानी काठमाडौँ र सातवटा प्रदेशबाट एकैसाथ औपचारिक शुभारम्म हुँदैछ ।
१७. मृत्युको आयु नामक कृतिका लेखक डा. रवीन्द्र समीर हुन् भने गुलावी उमेर नामक कृतिका लेखक को हुन् ?
 अमर न्यौपाने ।
१८. विश्वमै पहिलोपटक उड्ने कार कहाँ निर्माण गरिएको
छ ?
 अमेरिका ।
– टीएफ–एक्स नामक सो कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा ६४० किमिसम्म उडान भर्न सक्ने ।
– सो कारलाई उडान भर्न तथा अवतरणका लागि कुनै विमानस्थलको आवश्यकता नपर्ने साथै सबैखालको सडक एवम् राजमार्गमा गुड्न सक्ने ।
– उक्त कार सन् २०२० देखि बजारमा उपलब्ध हुने ।
१९. विदेशीहरूका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?
 संयुक्त अर्ब इमिरेट्स (युएई) ।
२०. नेपालमा हाल आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या कति रहेको छ ?
 ४१५ ।
२१. डिस्कभरी च्यानलद्वारा प्रकाशित संसार परिवर्तन गर्न सक्ने पाँच युवतीको सूची (२०१९) मा पर्न सफल नेपाली चेली को हुन् ?
 कञ्चन अमात्य ।
२२. कर्णाली प्रदेशद्वारा विपद् दुर्घटना कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७६ असोज ६ ।
२३. विसं २०७६ भदौ २३ मा मनाइएको राष्ट्रिय बाल दिवसको नारा के हो ?
 सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार ।
२४. एसियन लिडरसिप समिट २०१९ कुन राष्ट्रमा सम्पन्न भएको हो ?
 भुटान ।
२५. ११औँ ब्रिक्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०१९ नोभेम्बर १३–१४, ब्राजिल ।
– १२औँ ब्रिक्स सम्मेलन सन् २०२० मा रूसमा हुने ।
२६. ग्लोबल ट्यालेन्ट कम्पिटेन्टेटिभनेस इन्डेक्स २०१९ अनुसार उत्कृष्ट पाँच स्थानमा रहन सफल राष्ट्र कुन–कुन हुन् ?
 क्रमशः स्वीट्जरल्यान्ड, सिङ्गापुर, अमेरिका, नर्वे र डेनमार्क ।
– सूचीमा सबैभन्दा पुछारमा रहेका पाँच राष्ट्र यमन, कङ्गो, बुरुन्डी, मोजाम्बिक र जिम्बावे रहेका ।
– सूचीमा नेपाल १२०औँ स्थानमा रहेको ।
२७. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
 सन् २०१८ जनवरी २६ ।
– साइबर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको ।
– यो संस्थाको मुख्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।
२८. मार्की खेलाडी भन्नाले के बुझिन्छ ?
 टिमको लोकप्रिय र सिपालु खेलाडी ।
२९. हेमबहादुर मल्ल सम्मानबाट कसलाई सम्मानित गरियो ?
 कुलमान घिसिङ (२०७३) र डा. सन्दुक रुइत (२०७४) (उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपियाँ रहेको) ।
३०. दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?
 सन्दकपुर, इलाम ।
– सन्दकपुर गाउँपालिका १, २ र ३ (माइपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको । लजालु प्रकृतिको दुर्लभ रेडपान्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको ।
– जोखिममा परेपछि रेडपान्डाको उत्पादन वृद्धि गराउनेगरी प्रजनन केन्द्र स्थापना गरिएको ।

प्रस्तुतकर्ता : टङ्क केसी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?