logo
२०८१ मंसिर १२ बुधवार



नेपाल फोटो कन्टेस्ट २०७६ घोषणा

खुला |


नेपाल फोटो कन्टेस्ट २०७६ घोषणा


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २० गते । फोटो जर्नालिष्ट क्लव नेपालले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ घोषणा गरेको छ । प्रतियोगितामा नेपालीले खिचेको र नेपालभित्रका तस्वीर माघ १७ गतेसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । सन् २०१८ मा आयोजित नेपाल फोटो कन्टेस्टमा सहभागी तस्वीरहरुको संगालो नेपाल (ल्याण्ड अफ कन्ट्रास्ट) को सार्वजनिक कार्यक्रममा नेपाल फाटो कन्टेस्ट २०७६ घोषणा गरिएको हो ।

ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले तस्वीर संगालो नेपालको आइतबार राजधाीमा सार्वजनिक गर्नुका साथै फोटो प्रतियोगिताका लागि अनलाइन तस्वीर ‘अपलोड’ गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो । अध्यक्ष ढकालले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको सन्दर्भमा तस्वीर प्रतियोगिताले भ्रमण वर्षलाई सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले विश्व समुदायलाई तस्वीरले हजारौं कथा भन्न सक्ने चर्चा गर्दै पिजे क्लवले आवश्यकता महसुस गरेसम्म ग्लोबल आइएई ग्रुपले सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले एउटा कोठाबाट सुरु भएको पिजे क्लवले राष्ट्रियस्तरमा बर्षेनी तस्वीर प्रतियोगिता गर्नु आफैँमा गर्वको विषय भएको बताउनुभयो ।

कार्यक्रममा पिजे क्लवका अध्यक्ष विकास कार्कीले तस्वीर प्रतियोगिताका बारेमा जानकारी दिदै मोवाइल वा क्यामराले खिचेका राम्रा तस्वीर जोसुकैले पनि प्रतियोगितामा पठाउन सक्ने बताउनुभयो । प्रथम विजेताले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने सो प्रतियोगितामा सात विधामा पुरस्कार प्रदान गरिदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?