logo
२०८१ मंसिर १३ बिहीवार



गोरखापत्र ज्ञानसागर (वस्तुगत प्रश्नोत्तर)

खुला |


गोरखापत्र ज्ञानसागर (वस्तुगत प्रश्नोत्तर)


१. समयमा जिम्मेवारी पूरा नगर्ने कतिवटा कम्पनी र सप्लायर्सलाई सरकारले कालोसूचीमा राखेको छ ?
 ३३२ ।

२. नेपाल भ्रमण वर्ष २०२० का लागि तय गरिएको नारा के हो ?
 लाइफटाइम एक्सपेरियन्स (जीवनकाल अनुभव) ।

३. नेपालको कुन ठाउँलाई कान्छी नेपालका रूपमा चिनिन्छ ?
 डोटीको सिलगढी ।
(काठमाडौँसँग मेल खाने हावापानी भएकाले सिलगढीलाई कान्छी नेपाल भन्ने गरिएको ।)

४. गृह मन्त्रालय र यसअन्तर्गतका निकायमध्ये बेरुजु फछ्र्याैट मापनको वर्गीकरणमा उत्कृष्ट स्थान हासिल गर्न सफल निकाय कुन–कुन हुन् ?
 नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ।
– गृह मन्त्रालयअन्तर्गत विभिन्न विभाग तथा सुरक्षा सङ्गठन र जिल्ला प्रशासन कार्यालयहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सर्वाेत्कृष्ट ठहरिएका । नेपाल प्रहरीले ८८.५० र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछ्र्यौट गरेका ।
– बेरुजु फछ्र्यौटमा अध्यागमन विभागको ८४.६ प्रतिशत रहेको ।

५. नेपालमा टोपी दिवस कुन दिन मनाउने गरिएको छ ?
 जनवरी १ ।
– नेपालमा सन् २०१४ देखि यो दिवस मनाउन थालिएको ।
– ‘भ्रमण वर्ष वहार नेपाली टोपी उपहार’ नाराका साथ सन् २०२० जनवरी १ मा सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको ।

६. सरकारले सन् २०२५ सम्ममा अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिएको छ ?
 १० प्रतिशत (हाल करिब तीन प्रतिशत रहेको) ।

७. प्रसिद्ध धार्मिक स्थल बडीकेदार कहाँ रहेको छ ?
 डोटी ।

८. नेपाल–भारत पारवहन सन्धि कहिलेदेखि पुनः सात वर्षका लागि नवीकरण भएको हो ?
 सन् २०२० जनवरी ५ ।
– गत वर्ष वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकले गरेको सहमतिका आधारमा पारवहन सन्धि स्वतः नवीकरण भएको ।
– यसअघि सन् २०१३ मा यो सन्धि नवीकरण भएको ।
– पारवहन सन्धि नवीकरण हुनुअघि २०७६ मङ्सिर १० र ११ गते सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी समितिको बैठकले दुई देशबीचको पारवहनका केही नयाँ विषयमा सहमति जुटाएको । बैठकले खासगरी भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’ मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने, जलमार्गबाहेक रेलमार्फत नेपाल भित्रिने बल्ककार्गाेमा थप दुई सीमा पनि खुला (हाल वीरगन्जबाट मात्रै बल्ककार्गाे ढुवानी हुँदै आएकोमा अबदेखि विराटनगर र भैरहवाबाट) गर्नेलगायतका विषयमा सहमति जुटाएको ।
– सन्धि स्वतः नवीकरण भए पनि प्रधानमन्त्री अथवा मन्त्रीस्तरमा हस्ताक्षर नहुन्जेलका लागि दुई देशबीचको सन्धि अहिलेकै कायम हुने र हस्ताक्षरपश्चात् भने सहमतिका विषयसमेत समेटिएको नयाँ सन्धि लागू हुने बताइएको ।

९. लेगाटम इन्स्टिच्युटद्वारा सार्वजनिक समृद्धि सूचक २०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ११५औँ ।
– द लेगाटम प्रोस्परिटी इन्डेक्स–२०१९ अनुसार पहिलो १० स्थानका राष्ट्रहरूमा क्रमशः डेनमार्क, नर्वे, स्वीटजरल्यान्ड, स्वीडेन, फिनल्यान्ड, नेदरल्यान्ड, न्युजिल्यान्ड, जर्मनी, लक्जेम्वर्ग र आइसल्यान्ड रहेका ।
– त्यस्तै, सूचकको अन्तिम दस स्थानका राष्ट्रहरूमा क्रमशः दक्षिणी सुडान, यमन, मध्य अफ्रिकी गणतन्त्र, चाड, अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सोमालिया, इरिट्रिया, बुरुन्डी र सुडान रहेका ।
– सार्क राष्ट्रहरूमा श्रीलङ्का ७७औँ, भारत १०१औँ, नेपाल ११५औँ, बङ्गलादेश १२७आँै, पाकिस्तान १४१औँ तथा अफगानिस्तान १६३औँ स्थानमा रहेका ।

१०. वातावरणका क्षेत्रमा सीओपी (कोप) को पूरा रूप के हो ?
 कनफ्रेन्स अफ दी पार्टीज ।
– युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जद्वारा आयोजना हुने उच्चस्तरीय सम्मेलन नै जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप सम्मेलन) हो ।
– पहिलो कोप सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनमा आयोजना भएको ।
– जलवायु परिवर्तनसम्बन्धी २५औँ सम्मेलन (कोप–२५) सन् २०१९ डिसेम्बर २–१३ सम्म स्पेनको मेड्रिडमा सम्पन्न भएको ।
– जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय संरचना महासन्धिमा नेपालसहित १९७ मुलुक पक्ष राष्ट्रका रूपमा रहेका ।
– कोप–२६ स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने ।
– सन् २०१५ फ्रान्समा भएको पेरिस सम्झौतालाई जलवायु परिवर्तन न्यूनीकरणका सम्बन्धमा कोसेढुङ्गाका रूपमा मानिने ।

११. श्रीलङ्कालाई पहिले के नामले चिनिन्थ्यो ?
 सिलोन ।

१२. एक किलोवाटमा १००० वाट हुन्छ भने एक मेगावाटमा कति किलोवाट हुन्छ ?
 १००० किवा ।

१३. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
 साँफेबगर नगरपालिका (अछाम) ।

१४. सरकारले राष्ट्रिय स्वास्थ्य नीति–२०७६ कहिले सार्वजनिक गरेको हो ?
 विक्रम संवत् २०७६ असार १६ ।

१५. नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
 आवाज ।

१६. ब्ल्याक प्यान्थर भनेको के हो ?
 अमेरिकी काला जातिको सङ्गठन ।
(यसको पूरा रूप ब्ल्याक प्यान्थर पार्टी फर सेल्फ डिफेन्स हो । अमेरिकामा रहेका काला जातिहरूको हकहितका लागि यो संस्था स्थापना भएको ।)

१७. बिम्स्टेकको प्रथम अध्यक्ष को हुनुहुन्छ ?
 सुमिथना कन्दला (श्रीलङ्का) ।
(बिम्स्टेकको दोस्रो अध्यक्ष (हाल) बङ्गलादेशका सहिदुल इस्लाम रहनुभएका)

१८. गरिब परिचयपत्र वितरण कार्यको सुरुवात कहिले र कुन जिल्लाबाट भएको हो ?
 विसं २०७५ असार २९, कपिलवस्तु ।

१९. सीएनएन हिरो अफ दी इयर–२०१९ उपाधिबाट सम्मानित हुन सफल अभियन्ता को हुनुहुन्छ ?
 फेब्रिनी मेब्राटु, इथियोपिया ।
– इथियोपियामा छात्राहरूलाई विद्यालय शिक्षामा टिकाउन उहाँले गरेको योगदानका लागि उपाधि प्रदान गरिएको ।
– केबल न्युज नेटवर्क (सीएनएन) द्वारा प्रदान गरिने यो सम्मानको राशि एक लाख अमेरिकी डलर रहेको ।

२०. संयुक्त राष्ट्रसङ्घद्वारा नीलो आकाशका लागि सफा हावा दिवस अर्थात् इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्ल्यु स्काइ कुन दिन मनाइने भएको छ ?
 सेप्टेम्बर ७ ।

२१. शालिग्राम सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?
 बागलुङ ।
– करिब एक सय मिटर लामो सुरुङभित्र निर्माण गरिएको सङ्ग्रहालयमा साढे एक लाख शालिग्राम, विश्वका विभिन्न नदीमा पाइने शिलासँगै गण्डकी सभ्यता झल्किने सामग्री सङ्ग्रहित गरिएको,
– बागलुङ बजारदेखि तीन किलोमिटर पर कुँडुलेमा मानवनिर्मित सुरुङभित्र बनाइएको सो सङ्ग्रहालयमा श्रीधराचार्य खण्ड (श्रीधराचार्यले गण्डकी सम्पूर्णता तथा शालिग्रामका बारेमा लेखेका पुस्तक, खोज अनुसन्धानसम्बन्धी सामग्री सङ्ग्रहित), गण्डकी खण्ड
(गण्डकी सभ्यतासम्बन्धी सामग्री सङ्ग्रहित) एवम् शालिग्राम खण्ड (विभिन्न प्रकृतिका दुर्लभ शालिग्राम सङ्ग्रहित) रहेका साथै अर्काे खण्डमा ११२ जना बस्न मिल्ने सभाहलसमेत निर्माण गरिएको ।
– नेपालको कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलाबाहेक भारत, चीन, पाकिस्तानलगायत देशका नदी तथा समुद्रमा पाइने शिलाहरूलाई असी मिटरको फ्रेममा सजाएर राखिएको ।
– बागलुङ बजारदेखि नजिकमा रहेको, लामो अध्ययन, नयाँ तरिकाले निर्मित एवम् अनुसन्धान गर्नेहरूका लागि समेत उपयोगी रहेकाले पर्यटकीय आकर्षणका हिसाबले यो महŒवपूर्ण केन्द्र बन्ने
विश्वास गरिएको ।
– बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय निकटमै रहेको र एकै दिनमा यी तीनै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकाले पोखरा तथा मुक्तिनाथ आउने पर्यटकलाई यहाँसम्म आकर्षित गर्न पनि यसले सहयोग पुग्ने देखिएको ।

२२. अन्तर्राष्ट्रिय एनपिस अवार्ड २०१९ बाट सम्मानित हुन सफल नेपाली चेली को हुनुहुन्छ ?
 सरु सुनार ।

२३. काठमाडौँ महानगरपालिकाले उपत्यकाको संस्कृति झल्किनेगरी सडकका भित्ता एवम् चोकहरूमा कार्यान्वयनमा ल्याउन थालेको नयाँ अभियान के हो ?
 भित्ते चित्रकला निर्माण ।
(नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुरु गरिएको यो अभियानलाई निरन्तर सञ्चालन गरिने महानगरपालिकाले जनाएको ।)

२४. विश्व पर्यटन सङ्गठनका अनुसार हाल सबैभन्दा बढी पर्यटक भिœयाउन सफल राष्ट्र कुन हो ?
 फ्रान्स (आठ करोड ९० लाख) ।
– सो प्रतिवेदनअनुसार सन् २०१८ मा सबैभन्दा बढी पर्यटक भिœयाउन सफल प्रथम दस राष्ट्रहरू ः

२५. हालै अमेरिकी कारबाहीमा मारिएका कुड्स फोर्स अफ इरान्स रिभोलुसनगार्डका वरिष्ठ कमान्डर को हु्नुहुन्छ ?
 कासिम सुलेमानी ।
(सुलेमानी बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका ।)

२६. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुनुहुन्छ ?
 हिमालयशमशेर राणा ।
२७. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८–२०२२) कहिले सार्वजनिक गरियो ?
 विसं २०७४ मङ्सिर २८ (पहिलो बहुपक्षीय पोषण योजना (सन् २०१३–२०१७) ।
– सो पोषण आयोजनाअनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाचँ वर्षमुनिको पुड्कोपन ३६ प्रतिशतबाट २८ प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।
– सो योजना देशभर नै सञ्चालन हुने ।

२८. अदुवा उत्पादन गर्ने राष्ट्रहरूमा नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ?
 तेस्रो (सन् २०१८) ।

२९. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन सफ्टवेयर केसँग सम्बन्धित छ ?
 नेत्रहीन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि ।
(काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा.डा. बालकृष्ण बल र निराजन पन्तद्वारा निर्माण गरिएको ।)

३०. सुत्केरी भैँसीलाई तीन हजार भत्ता प्रदान गर्ने व्यवस्था कहाँ गरिएको छ ?
 सल्यानको बागचौर नगरपालिका
(नेपालको परम्परागत कृषि प्रणाली र पारिवारिक रूपमा गरिने पशुपालन व्यवसायलाई टिकाउन र प्रोत्साहन गर्ने उद्देश्यले भत्ताको व्यवस्था गरिएको ।)

प्रस्तुतकर्ता ः टङ्क केसी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?