logo
२०८१ मंसिर १३ बिहीवार



पाँच वर्ष भयो, बत्ती बलेन

खुला |


पाँच वर्ष भयो, बत्ती बलेन


हुम्ला समाचारदाता

सिमकोट, पुस २५ गते । बत्ती बालेर गाउँ झिलिमिली गर्ने भन्दै पाँच वर्ष अगाडिदेखि नै पोल गाडेको भए पनि हालसम्म बत्ती बल्न सकेको छैन । चँखेली गाउँपालिकाको खारखोला जलविद्युत् आयोजनाको पावर हाउसमा स्थानीय उपभोक्ता समितिले लगत इस्टिमेट अनुसार काम नगर्दा विद्युत् उत्पादन हुन नसकेपछि गाउँमा पोल गाड्ने काम मात्र भएको हो ।
७० किलोवाट विद्युत् उत्पादन क्षमता भएको खारखोला लघु जलविद्युत् आयोजनाबाट बत्ती बाल्ने भन्दै चार वर्षअघि नै गाउँगाउँमा पोल गाड्ने र ट्रान्समिटर राख्ने काम भए पनि हालसम्म बत्ती नबलेको स्थानीय बासिन्दाले बताएका छन् ।
जताततै पोल गाड्ने, तार झुण्ड्याउने र घरघरमा वायरिङ गर्ने काम भए पनि हालसम्म बत्ती भने बल्न सकेको छैन । आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तत्कालीन जिल्ला विकास समिति, संसद विकास कोषको ठूलो रकम खर्च भएको छ ।
गत वर्षबाट गाउँपालिकाले आयोजनाका लागि आफै हात हालेर सबै कामको पुनः निर्माण सुरु गरेको छ । यसका लागि गत आर्थिक वर्ष २५ लाख र चालू आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष चौलागाईंले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?