logo
२०८१ मंसिर १३ बिहीवार



अनुयायीसँग पैसा असुल्ने शिवानन्द स्वामी पक्राउ

खुला |


अनुयायीसँग पैसा असुल्ने शिवानन्द स्वामी पक्राउ



गोरखापत्र अनलाइन
काठमाडौं,पु्स २८ गते । अनुयायीहरुलाई युरोप पठाउने भन्दै ३५ लाख ठगी गरेको निवेदन परेपछि महानगरीय अपराध महाशाखा टेकूले शिवानन्द स्वामी भनिने दीपक भण्डारीलाई सोमबार पक्राउ गरेको छ ।
युरोपमा पठाउने भन्दै चार जना अनुयायीसँग ३५ लाख रुपियाँ ठगी गरेको निवेदन परेपछि महानगरीय अपराध महाशाखा टेकूले शिवानन्द स्वामी भनिने दीपक भण्डारीलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
एसएसपी थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा चार जना शिष्यले उनीविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो ।
पिडितको संख्या अझ बढ्न सक्ने एसएसपी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु पनि पीडित हुन सक्छन्, हामीले उहाँको बारेमा थप अनुसन्धान गरिरहेका छौ ।’ पक्राउ परेका भण्डारीको टौदहमा आश्रम रहेको र आफू तन्त्रविद्याको विज्ञ भनेर परिचय गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?