logo
२०८१ मंसिर ९ आईतवार



कम व्याजमा ऋणको प्रलोभन दिएर ठगी गर्ने पक्राउ

खुला |


कम व्याजमा ऋणको प्रलोभन दिएर ठगी गर्ने पक्राउ


सञ्जय कुमार मिश्र

गौर, माघ २ गते । नक्कली नाम, ठेगाना तथा संस्थाको नाममा रौतहटको फतुवा विजयपुर ८ बुनियादटोलका २३जना महिलास“ग ४१ हजार रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गरिब तथा दलित विकास कोष नेपाल चन्द्रपुर नामक संस्थाको कर्मचारी भनेर कम ब्याजमा ऋणको प्रलोभन दिएर ठगी गर्ने सर्लाही जिल्ला बलरा नपा ३ लक्ष्मिपुर बस्ने ज्ञानेन्द्र कुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहटको सरुअठा घर भई जितेन्द्र कुमार यादव तथा संस्थाको कर्मचारी भनेर कम व्याजमा ऋणको प्रलोभन दिएर ठगी गर्ने मिश्रलाई पक्राउ गरेको हो । प्रहरीले सोधपुछ तथा छानविन गर्दा नाम, ठेगाना अर्कै रहेको तथा उक्त नामको संस्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुनियादटोलका महिलाहरुलाई समूह गठन गरेर कम ब्याजमा ऋण दिने तथा शुरुमा अग्रिम शुल्क वापत ५सय दिनेलाई ५०हजार ऋण पाउने ,१५सय दिनेलाई एकलाख, २ हजार २ सय पचास दिनेले एकलाख ५० हजार ऋण ९ प्रतिशत व्याजमा पाउने आश्वासन दिई २३ जना महिलास“ग ४१ हजार रकम ठगी गरेका थिए । जितेन्द्र कुमार यादवको नामको नागरिकताको प्रतिलिपि देखाइृ रमक असुली गरिरहेका प्रहरीले जनाएको छ ।

बुनियादटोलबाट रकम ठगी गरी सोही वडाको दलित वस्तिमा अर्को समूह बनाउन खोज्दा ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट गस्तिमा रहेको प्रहरी टोलीलाई शंका लागेपछि सोधपुछ गर्दा वास्तविक नाम ज्ञानेन्द्र कुमार मिश्र ठेगाना सर्लाही जिल्ला बरला नगरपालिका लक्ष्मिपुर खुल्न आएको तथा संस्था बारे बुमmदा उक्त संस्था नरहेको खुल्न आएको प्रहरी नायब उपरीक्षक नविन कार्कीले बताउनुभयो ।

ठगी गरी रकम संकलन गर्ने मिश्रलाई चेकजा“च गर्दा विभिन्न व्यक्तिको नामको फारम, फोटो, नागरिकताको प्रतिलिपिहरु, क्यालकुलेटर, मोबाइल २ थान क्यामरा तथा नगद ४१ हजार तथा मोटरसाइकल बरामद भएको जानकारी दिदै प्रहरी नायब उपरीक्षक कार्कीले पक्राउ परेकालाई जिल्ला अदालत रौतहटमा पेश गरी ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?