गणेश खनाल
अर्घाखाँची, माघ ६ गते । पोखरीमा डुबेर दुई वालिकाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सन्धिर्खक शान्ति बगैंचामा रहेको पोखरीमा सोमबार डुबेर दुईजना वालिकाको मृत्यु भएको हो ।
जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माले दुबै जनाकै मृत्यु भएको जानकारी दिनुभएको हो ।
प्युठान जिल्ला नौबहिनि गाउँपालिकाका वर्ष ४ का वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ७ का वर्ष ५ का क्रिस्टिना महतको मृत्यु भएको हो ।