logo
२०८१ मंसिर १३ बिहीवार



प्रशासनसँग छैन अभिलेख !

खुला |


प्रशासनसँग छैन अभिलेख !


सरोज आचार्य

काठमाडौँ, माघ ७ गते । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख वि.सं. २०३९ देखि २०४३ सम्मको प्रशासन कार्यालयसँग छैन । के कारणले अभिलेख हराएको हो भन्ने विषयमा सो कार्यालयलाई थाहा पनि छैन ।
नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख तत्कालीन अञ्चलाधीश कार्यालयमा पु¥याउँदा २०४६ सालको जनआन्दोलनका क्रममा अञ्चलाधीश कार्यालयमा आगलागी हुँदा अभिलेख नष्ट भएको थियो भन्ने अनुमान भए पनि यो औपचारिक रूपमा कसैले बताउन चाहँदैनन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने त्यतिबेलाको अभिलेख जुटाउने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार यो समयमा नागरिकता प्रमाणपत्र लिएकालाई नयाँ नागरिकताको अनुसूची भर्न लगाएर सम्बन्धित वडा कार्यालयको सिफारिस र निवेदकको तीन पुस्ताभित्रकाको सही सनाखत गराएर नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?