logo
२०८१ बैशाख १४ शुक्रवार



वैदेशिक रोजगार : श्रमिकको बीमा अनलाइनबाटै

खुला |


वैदेशिक रोजगार : श्रमिकको बीमा अनलाइनबाटै


सीता शर्मा

काठमाडौँ,  माघ १४ गते । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।
बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । विभागले मङ्सिर १५ गतेदेखि माग प्रमाणीकरण र श्रमिक छनोट अनलाइन प्रणाली सुरु गरेको थियो र बीमा कम्पनीले यस प्रणालीमा आउन आनाकानी गरेका कारण ढिला भएको थियो । बीमा कम्पनी यस प्रणालीमा आएसँगै सहज भएको छ । बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बीमा नवीकरण गराउनुका साथै सोको भुक्तानीको व्यवस्था
िमलाउने छ ।
अब सेवाग्राहीले बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनुपर्नेछ र अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ गरिसक्नुपर्नेछ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले बीमा कम्पनी अनलाइन प्रणालीमा आउने सुरुवात भएसँगै श्रमिकलाई विदेशमा रहेका नेपाली दूतावासमार्फत पुनः श्रमस्वीकृति लिने बाटो खुलेको बताउनुभयो ।
अहिलेसम्म श्रम स्वीकृतिको सबै काम अनलाइन प्रक्रियाबाट हुने गरेको छ । बीमा कम्पनीहरू अनलाइनमा आउन ढिला गर्दा श्रम स्वीकृतिमा ढिला र अप्ठ्यारो भएको थियो । अब यो अप्ठ्यारो हट्ने र विदेश जाने व्यक्तिले जुनसुकै ठाउँ वा इमेलको सेवाको ठाउँबाट यो सेवा लिन सक्ने छन्, उहाँले थप्नुभयो ।
राष्ट्रिय बीमा समितिले वैदेशिक रोजगार म्यादी बीमाबापतको रकम अनलाइनबाट भुक्तानी लिनसक्ने प्रक्रियामा जान सबै बीमा कम्पनीलाई निर्देशन जारी गरिसकेको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा समितिलाई अनलाइन प्रणालीमा जान कुनै समस्या नभएकाले एक साता पहिले सबै बीमा कम्पनीलाई यो प्रणालीमा जान दिर्नेशन दिइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समितिले निर्देशन दिएकै परिणाम हो, विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार समझदारी भइसकको छ, अब विस्तारै सबै बीमा कम्पनी आउने छन् । ”
अध्यक्ष चापागाईंले वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनलाइन प्रणाली जुनसुकै ठाउँ र जुनसुकै कम्पनीमार्फत म्यादी जीवन बीमाबापतको प्रिमियम रकम तिर्न सक्ने बताउनुभयो । बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बीमा नवीकरण गराउनुका साथै त्यसको भुक्तानीको व्यवस्था
मिलाउने छ ।
अब म्यादी जीवन बीमा गर्दा तिर्नुपर्ने रकम ईसेवा, खल्ती, स्प्यारो पे र कनेक्ट आईपीएबाट तिर्न सकिने गरी विभागले समझदारी गरिसकेको छ । अनलाइनबाटै बीमाको रकम तिर्दा कुनै पनि शुल्क लाग्दैन । योसँगै कल्याणकारी कोष, संस्था नवीकरणलगायतका सबै भुक्तानी अनलाइनबाट गर्न सकिने बाटो खुल्ला भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?