logo
२०८१ मंसिर १० सोमवार

   हतारमा गरिएकाे विकास 



९६ करोड बाटाे बन्याे, पानीकाे निकास चलेन, एक वर्ष मै भत्काइयाे

खुला |


९६ करोड बाटाे बन्याे,  पानीकाे निकास चलेन,  एक वर्ष मै भत्काइयाे


नागेन्द्रकुमार कर्ण
जलेश्वर, माघ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक निर्माण भएको वर्षदिन नबित्दै भत्काउन थालिएको छ । भूमिगत ढलसहितको सडकमा पानीको निकास ननिस्केपछि भत्काउन लागेको हो ।
एकवर्ष अगाडिदेखि निर्माण भई पिच समेत बनिसकेको जलेश्वरको दुर्गाचोकदेखि जलेश्वरनाथ महादेव मन्दिर जाने सडकको बिचमा पानीको निकास बन्दभए पिछ सडक भत्काउन शुरु गरिएको हो ।
पानीको सतहभन्दा तल भूमिगत रुपमा पाइप हालेको तथा जलेश्वरका ढल सफा नै नगरिकन जोडिएको कारणले सडक भत्काउनु परेको जलेश्वर नगपालिकाका युवा रमण चौधरीले बताउनुभयो । सेभ जलेश्वरका संस्थापक समेत रहनुभएका चौधरीले अध्ययन नै नगरी हतारमा भूमिगत रुपमा काम थालिदा असफल भएको दाबी गर्नुभयो । उक्त क्षेत्र बाढीको समयमा वार्षिक रुपमा डुबान झेल्दै आएको छ ।
ठेकेदार कम्पनीका अफिसिएट डाइरेक्टर महेश राउतले बाढीको कारणले ढुङ्गा, बालुवा, बोरा, पोलिथिनह खाँदिएर पाइप जाम भएकोले पानी सडकमा आएको दाबी गर्नुभयो । उहाँले ढल सफा गर्नको लागि सडक खन्नुपरेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाकोे १२.५ किमी सडक खण्डमा भूमिगत ढल, फुटपाथ, पार्किङ्गसहितको उक्त निर्माण परियोजनाले जलेश्वरको कायापलट हुने विश्वास गरिएको थियो ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयले ९६ करोडको सडकको ठेक्का रोशन जेभी कन्स्ट्रक्शनले लिएको हो । जलेश्वरको खसी बजार जाने गेटमै रहेको सडक खनिएपछि जलेश्वरनाथ मन्दिर दर्शनको लागि जाने यात्रु तथा सवारीलाई असुविधा हुने गरेको सर्वसाधारणको गुनासो छ ।
जलेश्वरको वडा नं. १,२ र ६ को सातसय भन्दा बढी घरपरिवारको पानीको निकास यही भूमिगत ढलबाट हुने अपेक्षा गरिएको थियो । तर सो ढललाई सफा नै नगरेको कारणले सडकमा लगाइएको चेम्बरहरुबाट पानी सडकमै आउन थालेकाे थिए । सडकमा पानी जमेपछि व्यापारीहले निकासको लागि सडक संघर्ष समेत गरेका थिए ।
पानीको निकासको लागि ठेकेदार कम्पनीले २ वटा चेम्बर लगाउने ठाउँमा ५ वटा चेम्बर समेत हालेका थियो तर त्यो पनि काम नलागेको बताउनुहुदै युवा चौधरीले भन्नुभयो, ‘पानीको सतह दुई फिटमा छ तर पाइप सात फिट तल राखिएको छ यसले पनि पानीको निकास ननिस्केर समस्या देखिएको छ ।’
उहाँले भूमिगत ढलबाट जलेश्वरको समस्या समाधान नहुने बताउनुहुदै बाढीग्रस्त यो क्षेत्रमा भूमिगत ढलकै कारणले वडानं. १,२ र ६ हरेक घरमा पानी जम्ने दावी समेत गर्नुभयो ।
भूमिगत ढलको लागि पाइपहरु ९ वा १२ एमएमको राख्नुपर्नेमा ठेकेदार कम्पनीले सानो पाइप हाल्दा जाम भएर सडकमै पानी आउन थालेको जलेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष अनिल झाले बताउनुभयो । निर्माण कम्पनीले पानी निकासको लागि छ एमएमको पाइप मात्रै राखेको छ ।
पाइप सानो भएको कारणले जाम भएको जिज्ञासामा निर्माण कम्पनीका प्रतिनिधि महेश राउतले शहरी डिभिजन कार्यालयको इस्टिमेट अनुसार आफूहरु काम गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?