बेलिना थापा
लमजुङ, माघ १८ गते । लमजुङमा डढेलोमा परेर एक महिलाको मृत्यु भएको छ । क्व्होलासोंथर गाउँपालिका ९ टक्सारको सामुदायिक वनमा लागेको डढेलोमा परी वडा नम्बर ८ घाम्राङकी ३५ वर्षीया ज्योति परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोखरा जान हिँडेकी महिला सामुदायिक वनमा पुग्दा तलबाट सल्ंिकदै आएको डढेलोले पोलिएर घाइते भएको थियो । उहाँको शरीर र कपडा पोलिएको अवस्थामा स्थानीय र प्रहरीले उद्दार गरेको थियो । उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्तबहादुर रानाले बताउनुभयो ।
घटना शुक्रबार सवा २ बजेको रहेको उहाँले बताउनुभयो । महिलाको उपचारको क्रममा शुक्रबार बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयका अनुसार टक्सारको सामुदायिक बनमा लागेको आगो भने नियन्त्रणमा आइसकेको छ । वनमा आगो कसरी लाग्यो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।