logo
२०८१ मंसिर १५ शनिवार



शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार- नेता पाेखरेल

खुला |


शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार- नेता पाेखरेल


   
काठमाडौँ, माघ १८ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताउनुभएको छ । अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाजवादको तयारीका लागि सरकारमा कम्युनिष्ट पार्टी भए पनि राज्यसत्ताको चरित्र र चिन्तन नबदलिएको उल्लेख गर्दै सुरक्षा निकाय र न्यायालय अझै पुरानो ढर्रामा रहेका टिप्पणी गर्नुभयो ।    
    
 यी पक्षलाई बदलेर शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जनाउँदै उहाँले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने भएकाले सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा समेट्न जोड दिनुभयो । नेता पोखरेलले अमेरिकी सरकारसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्झौलाई सामान्य अर्थमा बुझ्न नहुने भन्दै त्यो अनुमोदन भएमा नेपाल अमेरिकी छातामुनि जाने उल्लेख गर्नुभयो ।    
    
 कार्यक्रममा नेकपाका अर्का स्थायी समिति सदस्य मणि थापाले कम्युनिष्ट सरकारले समाजवादी शिक्षाका लागि शिक्षकलाई सहज रुपमा परिचालित गर्न सुझाव दिनुभयो । शिक्षकहरुका पेशागत मागलाई सरकारले समाधान गर्नुपर्नेमा उहाँले जोड थियो ।    
    
 नेकपाका केन्द्रीय सदस्य केशव नेपालले शिक्षकहरु राजनीतिक दलमा आबद्ध हुने प्रणालीका पक्षमा आफू रहेको उल्लेख गर्नुभयो । सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जनयुद्धका क्रममा शिक्षकहरुले ठूलो बलिदानी गरे पनि अहिले आफूहरुलाई उपयोगको साधन बनाइएको गुनासो गर्नुभयो । उहाँले आफूहरुको राजनीतिक अधिकार कटौती नगर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?