वसन्त पराजुली
नारायणगढ (भरतपुर) माघ १९ गते । पूर्व पश्चिम राजमार्गको चितवनका दुई ठाउँमा भएको दुर्घटनामा दुई जनाको मृत्यु र नौ जना घाइते भएका छन् ।
चितवन खैरहनी नगर पालिकाको वडा नम्वर ३ स्थित पूर्व पश्चिम राजमार्गमा र रत्ननगर नगर पालिकाको वडा नम्वर ३ तरकारी चोक स्थित पुर्ब पश्चिम राजमार्गमा शनिबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
खैरहानीमा राती १२ः१० बजे र रत्ननगरमा राती १ः१५ वजे दुर्घटना भएको हो । जलेश्वर बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना७ख ३२४८ नं. को बसले सोही दिशा बाट गई रहेको ना ६ ख १५०६ नम्वरको ट्रक लाई पछाडीबाट ठक्कर दिंदा खैरहानीमा दुर्घटना भएको हो । यो दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलका ८ महिनाको छोरा सत्यम मण्डल रहेका प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरीको सहदेब महतो, हरीशंकर सिँह, भारत सितापुरका हरि राम, महोत्तरी बृर्ताका अनुष्का राम र महोत्तरी औरहीका सचिन यादवको चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै सोही दुर्घटनामा परी घाइते भई पुरानो मेडीकल कलेजमा उपचार गराइ रहेकामा महोत्तरी बृर्ताका रिना देबी राम, महोत्तरी मनोरसाका गुन्दो मण्डल उनकै श्रीमती सरिता मण्डल र उनिहरकै छोरा शिवम मण्डल रहेका छन् । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भिर छ ।
यसैगरी रत्ननगर स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशाबाट गई रहेको ना ३९ प १९२४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको हो । प्रहरी नायव उपरिक्षक कोइराला मृतकको सनाखत हुन नसकेको बताउनुहुन्छ । मृतक त्यस्तै ३० र ३२ बर्षका पुरुष भएको पनि उहाँले जनाउनुभयो ।