धीरेन्द्रप्रसाद साह
राजविराज, माघ २१ गते । जङ्गली हात्ती आतंकले सप्तरीको पूर्वी उत्तरी भेगका एक दर्जन बढी बस्तिवासीका जनजीवन अस्तव्यस्त बनेको छ । हात्ती आतंक रोक्न स्थानीयवासी आफ्नै पहलमा अनेकौ प्रयास गर्दापनि जंगली हात्तीको आतंक अझै रोकिएको छैन । यसले उनीहरुको जनजीवन नै अस्तव्यस्त बनेको हो ।
घरमा सुत्दा, खेतबारी जाँदा, बाटो हिड्दा हात्तीको आतंकको भयले सताइरहेको उनीहरु जनधन, जिउँधन जोगाउन रातभरी जाग्राम बस्न बाध्य भएका छन । बालबच्चा, बृद्धबृद्धा, परिवार, धनसम्पति, अन्नबाली जोगाउन समूहमा पालैपालो जाग्राम बस्नुकोसाथै राती गस्तीपनि गरेको स्थानीय बिरेन्द्र बजारका बृजमान तमाङ्गले बताउनुभयो । हात्ती धपाउन वस्तीमा आर्थिक संकलन गरी बिजुलीको खम्बामा बत्ती जडान, राती गस्तिका लागि टर्चलाईट खरिद गरेको जानकारी दिदै उहाँले भन्नुभयो, हामीले समाजका कूल देवा रिसाएको भनेर अग्निसाइरको विधिपूर्वक पूजा पनि ग¥यो । तर, आतंक रोकिएको छैन ।
कोसी टप्पु आरक्ष केन्द्रका हुलकाहुल निस्किेर आउने हात्ती वस्तीमा पसेर अन्नबाली कुल्चेर नष्ट गर्नुकोसाथै घरमा भण्डारण गरिएको अन्नपात घरको टाटी (बार) तोडफोड गरी नष्ट गर्दै आएको रुपनी गाउँपालिका ५ का देवरुप यादवले बताउनुभयो ।
पछिल्लो चारदिनयता जिल्लाको उत्तरीपूर्वी भेगमा जङ्गली हात्तीको आक्रमणले लाखौ रुपियाँको धनमाल नष्ट भएको प्रहरीले बताएको छ । कञ्चनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा भण्डारण गरिएको धान आठ मन, चिउरा ५० किलो, गहुँ एक क्विन्टल, चामललगायतका अन्नहरु जंगली हात्तीले नष्ट गरेको छ । कञ्चनरुप नगरपालिका वडा नं. १२ का जगतबहादुर केसीको घर तथा पूर्व मन्त्री समेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पु¥याएको छ ।
चार÷पाँच वटा आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका बताएको छ । त्यस्तै पूर्व मन्त्री तातैडले कञ्चनरुप नगरपालिका १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहँुबालीमा हात्तीले क्षती पु¥याएको छ भने बिभिन्न बाली खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाकोे रुपनी, अग्निसाई कृष्णासवरन गाउँपालिका, सप्तकोशी, कन्चनरुप, खडक, सुरुङ्गा, हनुमाननगर कंकालीनी नगरपालिकाका बस्तिमा जंगली हात्ती पसेर जनधन तथा मानवीय क्षति गर्दै आएका छन । गत पुसमा जङ्गली बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको र हात्ती आक्रमणबाट एक जना घाइते भएको घटना उनीहरु अझै बिर्सेका छैनन । यसअघि गत मंसिर २८ गते जंगली बँदेलको आक्रमणबाट कञ्चनरुप नगरपालिका ६ बस्ने मिना सदाको ३५ वर्षीय श्रीमती सितादेवी सदाको मृत्यु भएको थियो । सोही दिन जंगली हात्तीको आक्रमणमा परी कञ्चनरुप नगरपालिका १२ श्रवणपुर बस्ने ७५ वर्षीय सनमान भुजेल घाइते थिए । आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गरेको थियो ।
गत मंसिरमै रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारमा कोशीटप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले स्थानीय गिता थापा मगर, देबरुप यादव र श्याम कामैतको घरमा तोडफोड गरि क्षति गरेको थियो । मध्यरातमा आएको हात्तीको समूहले टाटी भत्काएर घर, भ्m्याल, बाक्स, पालाङ, एलईडि टिभी, टेबुल, अन्नपात चामल, चाउमिन, भुजा, डाईनिङ टेबुल, लत्ताकपडा र भांडाकुडा तोडफोड गरेको थियो ।
त्यस्तै यसभन्दा अघि कञ्चनरुप नगरपालिका ७ बलुवा सितापुमा पाँच वटा हाात्तीको समूहले स्थानीय दामोदर महतोको घर, गाई गोठ र पूजाघर तोडफोड गरी अन्नपात खाएर नष्ट गरेको थियो भने अग्निसाईर कृष्णासवरन गाउँपालिका २ का जय तामाङले लगाएको कोदोबाली खाएका छन ।
जंगली हात्तीसहित बँदेल, स्याल, भैसीले हरियो चरिचरण गर्न बस्तिमा पसेर घर तोडफोड, बालीनाली नष्ट गर्नुकोसाथै मानिसलाई समेत मार्न थालेपछि स्थानीयवासी आजित भएका छन । सम्बद्ध स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई गुहार्दापनि कुनै ठोस पहल नभएको स्थानीयले गुनासो गरेका छन ।