logo
२०८१ मंसिर १० सोमवार



भान्जा अपहरणको आरोपमा मामा पक्राउ

खुला |


भान्जा अपहरणको आरोपमा मामा पक्राउ


शिवशंङ्कर मिश्र 
बारा, माघ २१ गते । सरस्वतीको मुर्ति सेलाउन गएको बालकलाई अपहरणगर्ने अपहरणकारीलाई प्रहरीले पक्राउगरी मुद्दाको प्रकृया अगाडी बढाएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाटोल बस्ने जयप्रकाश साहको १० बर्षे छोरा आकाश कुमार साहलाई माघ १७ गते साँझ अपहरणगरी लठ्याउने औषधी खुवाएर राखेका अपहरणका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरीटोल बस्ने बर्ष १८ का रमेश राम चमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । स्थानीय पब्लिक बोडिङ्ग स्कूलमा भएको सरस्वती पुजाको माघ १७ गते मुर्ति सेलाउन गएको मौका छोपि अपहरणका मुख्य योजनाकार रमेशराम चमारले आप्mना भान्जा प्रसौनी वडा नम्बर ५ निवासी राजकुमार राम चमारलाई ५० हजार दिने प्रलोभन दिएर सोही ठाउँका आकाशकुमार साहलाई अपहरण गराएका बयानको क्रममा खुलेको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।

मुर्ति सेलाउन गएको आकाश राती अबेरसम्म घर फिर्ता नआएपछि आकाशका काका ओमप्रकाश साहले खोजतलासको लागि स्थानीय राजकुमार राम चमार माथि शंका गरिदै ईलाका प्रहरी कार्यालय गण्डकमा जाहेर दिएका थिए ।
अपहरित नाबालक आकाशलाई राजकुमार राम चमारले मामा रमेश राम चमारको घरमा पु¥याउन माघ १९ गते बिहान २ बजे साईकलमा राखेर ल्याउदै गर्दा कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरको सडकबाट प्रहरीले पक्राउगरी अनुसन्धानगर्दा मुख्य योजनाकार राजकुमारका मामा रमेश रहेको खुलेपछि रमेशलाई पक्राउगरी अनुसन्धानको प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

रमेश राम चमारले अपहरित अकाशलाई बिरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरीटोलमा आप्mना दिदीको घरमा लठ्याउने औषधी खुवाएर दुई दिन राखेको प्रहरी अनुशन्धनामा खुलेको छ । पक्राउ परेका चमारलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी शरिर बन्धक मुद्दाको प्रकृया अगाडी बढाइएको तथा अपहरित आकाशलाई परिवारको जिम्मा लगाइएको बारा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?