logo
२०८१ मंसिर १४ शुक्रवार



सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

खुला |


सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २ गते । ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा हालै पाटन दरवार क्षेत्रमा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरियो ।
बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटद्वारा सो कार्यक्रम आयोजना गरिएको हो । चाइल्डसेफनेले सन् २०१९ देखिँ नेपालमा सुरक्षित इण्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।
उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधिले केही डरलाग्दा नकारात्मक प्रभाव पारेको चर्चा गर्दै बालबालिका तथा युवालाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु आवश्यकतामा जोड दिनु भएको थियो
।कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारणसाइबर अपराध बढ्दै गएकोलेयसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत रहेको जानकारी दिनुभयो ।
कार्यक्रममाबाल वातावरण केन्द्र नेपालबाट साइबर सुरक्षासम्बन्धी तथा ब्लूबर्ड स्कुलबाट साइबर बुलिङसम्बन्धी सडक नाटकहरुप्रदर्शन गरिएको उक्त कार्यक्रममा रेड सर्कल क्रियटिभ सोलुसन्सका सुशान्त घिमिरेले साङ्गीतिक तथा एपेक्स लाइफ स्कूलका सजल पौड्यालले अनलाइन कुलतबारे हास्य प्रस्तुति दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?