logo
२०८१ मंसिर १५ शनिवार



बिल फर्छ्यौट गर्न घुस लिएको दाबीसहित सहायक सब इन्जिनियर पक्राउ

खुला |


बिल फर्छ्यौट गर्न घुस लिएको दाबीसहित सहायक सब इन्जिनियर पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुर जिल्लाको एक स्थानीय तहमा कार्यरत सहायक सब इन्जिनियरलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने आमचोक गाउँपालिकामा कार्यरत सहायक सब इन्जिनियर विष्णुकुमार राइ रहेका छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले हायुखोला खानेपानी योजनाको बिल फरफारक गर्न राईले सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस लिएको बताउनुभयो । सहायक सब इन्जिनियर राईलाई आयोगको इटहरीको टोलीले गाउँपालिकाका वडा नं ७ स्थित हर्दिलाबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । नियन्त्रणमा लिएर राईबारे थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ । राई उक्त गाउँपालिकामा करारमा कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?