logo
२०८१ मंसिर १० सोमवार



मोरङमा हात्ती आतङ्क

खुला |


मोरङमा हात्ती आतङ्क


हरि कोइराला

उर्लाबारी, फागुन १४ गते । मोरङको कानेपोखरी–७ आइतबारे र शान्तिटोलमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मङ्गलबार राति आएको हात्तीले गाउँका सात वटा घरमा क्षति पु-याएको स्थानीय सञ्जय सरकारले बताउनु भयो ।

राति ९ बजे तिर जङ्गलबाट गाउँ पसेको हात्तीले कानेपोखरी– ७ आइतबारेका दिलकुमार लिम्बूको घरको बेरा भत्काइदिएको छ । सोही स्थानका नरेन्द्र कार्कीले घरमा भण्डारण गरेको मकै खाईदिइको छ । यस्तै कुमारी घिमिरेको किराना पसलको बेरा भत्काएर विस्कुट, चाउचाउ र पाउरोटी खाएको छ ।

आइतबारे बजारमा रहेको गुरुङहरूको गुम्बा स्यार्लो तमु क्वोइवोको मुख्य द्वार भत्काएको छ । स्थानीयले आगोको पुल्ठो लगाएर हात्ती लखेट्दा हात्ती आत्तिएर जङ्गल तिर भागेको प्रेम आङ्देम्बेले बताउनुभयो ।

त्यहाँबाट जङ्गल पसेको हात्ती पुन गाउँ छिरेको थियो । गाउँ छिरेर हात्तीले यामबहादुर बस्नेत,गणेश परियार। रविलाल राई र याकबहादुर लावतीको घरमा क्षति पु¥याएको प्रत्यक्षदर्शीहरूले बताए । हात्तीले गत वर्ष पनि सोही क्षेत्रमा एक साता सम्म दुख दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?