logo
२०८१ मंसिर १० सोमवार



२५ वर्षअघिको शिष्टता र अनुशासन झल्काउने मिलन समारोह

खुला |
समाज |


२५ वर्षअघिको शिष्टता र अनुशासन झल्काउने मिलन समारोह


नागेन्द्रकुमार कर्ण
जलेश्वर, फागुन १७ गते । आज शनिबार विदाको दिन भएपनि जलेश्वर नगरपालिकाको वडा नं. १ मा रहेको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षक जमा भएका थिए । कृत्रिम रुपमा विद्यालय परिसरभित्र दुई दशकअघिको दृश्य निर्माण गरिएको थियो । एकातर्फ केहीले ‘आइस क्रिम’ बेचिरहेका थिए भने अर्को ठाउँमा चिनी कटोरा(मिठाले बनाइएको परिकार) बेच्दै घुमिरहेका थिए । मुरही, छोला, कचरी पनि बन्दै थियो भने विद्यार्थीहरु उक्त परिकार हातमा राखेर खाँदै गफिएको देखिन्थ्यो ।
यस्तो फरक दृश्य निर्माण गरेका थिए सो विद्यालयमा २०५२ सालमा अध्ययन गरेका विद्यार्थीहरुले । विद्यालयबाट २०५२ सालमा प्रवेशिका परिक्षा दिएका विद्यार्थीहरुले विद्यार्थी मिलन तथा पिकनिक समारोहको आयोजना गर्दै करिब अढाइ दशकपछि भलाकुसारी गर्ने अवसरको रुपमा शनिबार बिताए । सो ब्याचका विद्यार्थी रमण चौधरीले आफुहरु विद्यालयमा पढदाताका यस्तै दृश्य हुने गरेका कारणले आफुहरु २४ वर्षपछि साथीहरुसंग भेटदा त्यस्तो क्षण बनाएको बताउनुभयो ।
कार्यक्रममा पचासको दशकमा विद्यालयमा शिक्षकको रुपमा कार्यरहत रहनुभएका ८० वर्षीय शिक्षक कालीकान्त झा पनि सहभागी हुनुहभयो । यतिका वर्षपछि विद्यार्थीले विद्यालयमै बोलाएर गरेको सम्मानबाट उहाँ भावविव्हल हुनुभएको थियो । विद्यार्थीले शिक्षक भेट्दा देखाउने शिष्टता र अनुशासन त्यहि रुपमा २५ वर्षपछि विद्यालयमा शिक्षक र विद्यार्थीबीच देखिएको हो । विद्यार्थीसँगको भेटमा केक काटनुहुदै उहाँले विद्यार्थीहरुले गरेको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट शुभकामना मन्तव्य दिनुहुदै विद्यार्थी रोशन सिंहले कार्यक्रममा धेरै साथीहरु छुटेको बताउनुहँुदै उहाँहरुलाई पनि समेटने गरी कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले छोटो समयमा पनि साथीहरु जम्मा भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा रमण चौधरीले आफनो व्याचमा १२० विद्यार्थी रहेको र सबै आ आफनो काममा बाहिर रहेको र सम्पर्कविहिन रहेको बताउनुहुदै सम्पर्कमा आएका साथीहरुको मिलन भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले उक्त अवसरमा विद्यालयमा अध्ययनरत अपाङ, अशक्त, गरीब, निमुखा तथा पढनबाट बञ्चित रहेका विद्यार्थीहरुको लागि कोषको स्थापना गर्ने घोषणा गर्नुभयो ।
शिक्षक हैदर अंसारीले यस्तो कार्यक्रम विद्यालयमा पहिलो चोटी भएको बताउनुहुदै अहिलेको समयमा यस्ता कार्यक्रमको खाँचो रहेको औल्याउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, शिक्षक लक्ष्मेश्वर ठाकुर, गौरीनारायण सिंह, भोगेन्द्र झा, विरेन्द्र लाल कर्ण, रमेश ठाकुर, सो व्याजका डा.अमृत पोखरेल लगायतकाहरुले पनि मन्तव्य राख्नुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?