logo
२०८१ मंसिर १० सोमवार



विपद जोखिम न्यूनीकरण स्थलगत अभ्यास प्रदर्शन (फोटो फिचर)

पढ्नै पर्ने |
खुला |


विपद जोखिम न्यूनीकरण स्थलगत अभ्यास प्रदर्शन (फोटो फिचर)


काठमाडौं, फागुन १८ गते । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षक चतुर्भुज ओझाको कमाण्डमा १३ जना प्रहरी कर्मचारीले तार्केश्वर न.पा ११ नेपालटार काठमाण्डौं स्थित नेपाल राष्ट्रिय माविको प्राङ्गणमा विपद् जोखिमका सामन कसरी गर्ने प्रर्दशनी गरेका छन् । साे अवसरमा ग्यास सिलिण्डरमा अागाे लागे कसरी निभाउने जस्ता व्यबहारिक अभ्यास गरेर देखाइएकाे थियाे । 

तार्केश्वर न.पा का मेयर रामेश्वर वोहोराको प्रमुख आतिथ्यतामा वडा नम्वर १ देखि ११ सम्मका वडा अध्यक्ष, सदस्यहरु, महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौर, लगायत ग्रामीण आदर्श मावि र नेपाल राष्ट्रिय माविका शिक्षक, विद्यार्थी, स्थानीय, गृहिणी, नागरिक समाजका व्यक्तिहरुको उपस्थितीमा स्थलगत उद्वार अभ्यास प्रदर्शन गरेको हो ।

स्थानीय स्रोत तथा सामाग्रीहरूको प्रयोगबाट आगो नियन्त्रण अभ्यास गरिएको नेपाल प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?