logo
२०८१ मंसिर १० सोमवार



कारोनाका कारण सुखानी दिवसमा औपचारिक कार्यक्रम नगरिने

खुला |


कारोनाका कारण सुखानी दिवसमा औपचारिक कार्यक्रम नगरिने


टीकाराम उप्रेती

झापा,फागुन २० गते । नेपालको बामपन्थी आन्दोलनको इतिहासमा २०२८ सालको झापा बिद्रोह एउटा चर्चित राजनीतिक घटना हो । झापा बिद्रोहमा लागेका कारण नै सुखानी हत्या काण्ड भयो । सामन्तीलाई गाँउगाँउबाट मासेर सर्वहाराको पक्षमा गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ब्यवस्था गर्ने लक्ष सहित बिद्रोह सुरु भएको थियो ।

यही आन्दोलनको सफलता स्वरुप अहिले बामपन्थीको बहुमतको सरकार गठन समेत भएको छ । झापा बिद्रोहको आन्दोलनमा लागेको आरोपमा तत्काललिन सरकारले हत्या गरेका पाँचजनाको स्मृतीमा साहदत स्थलमा नै निर्माण गरिदै गरिएको सुखानी पार्कमा नै हरेक बर्ष कम्युनिष्ट पार्टीले विभिन्न औपचारिक कार्यक्रम गर्दै आएका थिए । पार्कका दक्षिणपट्टी झापाको अर्जुनधारा नपा–३ र उत्तरमा इलाम जिल्लाको माइ नपा ४ मा पर्ने सीमा क्षेत्रलाई आहिले सुखानी सहिद स्मृती पार्क निर्माणको काम अघि बढाइएको छ ।

झापा र इलाम जिल्लाको सीमा क्षेत्रमा निर्माण गर्न लागिएको सुखानी शहिद स्मृती पार्क निर्माणको काम समेत अघि बढि रहेको छ । पार्क निर्माण सरकारको तर्फबाट करोड भन्दा बढी रुपियाँ लगानी समेत भइसकेको छ । झापाको जुकेखाँडी सामुदायिक बन उपभोत्ता समितिको मातवतमा रहेको जमिन प्रतिष्ठानको नाममा भोगचलनमा ल्याउने प्रकृयामा रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

सुखानी शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेका अनुसार पाँचै जनाको शालिक निर्माण गरेर त्यो क्षेत्रलाई संरक्षण गर्ने काम भएको छ । पार्क निर्माण गरिने क्षेत्रलाई घेरावार गरिएको छ भने वाँकी २५ हेक्टर क्षेत्रमा डिपीआर तयार गरिदै छ । गत आर्थिक बर्षमा पार्क भित्र स्तम्भ निर्माण गर्न एक करोड रुपयाँ बिनियोजन भएको थियो । यसबाट बजेट समेत निनियोजन गरिएको थियो ।

गाँउ–गाँउसम्म राजतन्त्र विरोधमा संगठन बिस्तार गर्दै जाने क्रममा अभियानको नेतृत्व गरिरहनु भएका पाँच जनाको सामुहिक हत्या भएको थियो । हत्या हुनेमा झापाका नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापाबाट इलामको जेल सार्ने बहानामा २०२९ साल फगुन २१ गते सुखानीको जंगलमा लगेर समुहिक रुपमा गोली हानी हत्या गरिएको थियो । यसरी गोली हानेकै स्थानमा उनीहरुको निधन भएको थियो । यसक्षेत्रमा नै नेकपाले शहिद स्मृति पार्क निर्माण गर्न पहल अघि बढाएको छ । पार्क भित्र पाँचैजना शहिदको शालिक सहितको स्तम्भ समेत निर्माण गरि सकिएको छ ।

के हो झापा बिद्रोह ?

नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोह योजनाबद्ध रुपले सञ्चालन गरिएको यो पहिलो सशस्त्र संघर्ष थियो । सामन्ती राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्षकासाथ सुरु भएको झापा बिद्रोहलाइ पंचायती सरकारले चरम दमक गरेको थियो । निरंकुश राज्य सत्ताको विरुद्ध हतियार उठाएर गरिएको २८ सालको झापा संघर्ष अत्यन्त चर्चित रहेको छ ।

पाँच जनाको हत्या भएपछि झापा बिद्रोहमा प्रधनमन्त्री केपी ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सीपी मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदिप नेपाल, सीता खड्का, मोहन उप्रेती, भिष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे लगायतले झापा बिद्रोहमा सहभागि हुनुहुन्थ्यो । यसै क्रममा धेरै नेताले जेल समेत बिताएका थिए ।

झापा बिद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी संशोधनवादका बिरुद्ध थियो । चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई चारुको लाइन, माकर्सवाद, लेनिनवाद र माओ बिचारबाट प्रभावित थियो ।

जनयुद्ध सुरु गर्दाका बखत ०५२ सालमा गोर्खाका स्कुले विद्यार्थी दिलबहादुर रम्तेललाई प्रहरीले हत्या गरेको फागुन १४ देखि ०२९ साल फागुन २१ गते झापा विद्रोहका पाँचजना नायकहरूलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको सम्झनामा माओवादीले सहिद सप्ताह मनाउदै आएको छ ।

तत्कालीन मेची–कोशी कोअर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियानु र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ गरिएको थियो ।


कोरोनाको सुखानीको आमसभा स्थगित

नेपालमा कोरोना भइरसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले बताएपछि नेपालमा यस अघि नै आयोजना गरिएको सबै खाले औपचारिक कार्यक्रम धमाधम स्थगित गरिन थालिएको छ । यसै क्रममा नेकपाले मंगलबारको लागि राखेको प्रदेश १ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि खतरा हुने भन्दै सरकारले भिडभाड र विवाह भोज नगर्न सोमबार निर्देशन गरेसँगै नेकपाको भेला स्थगित गरिएको हो । झापाको विर्तामोमा भव्य तयारी गरेको कार्यक्रम बीचमा नै स्थगित गरिएको नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका केन्द्रिय नेताहरुले सम्बोध गर्ने कार्यक्रम थियो । खनाल झापा पुगिसकेपनि अरु नेता मंगलबार मात्रै आइपुग्ने कार्यक्रम थियो ।
नेताहरुले २१ गते बुधबार सुखानीमा आयोजना गरिने भब्य कार्यक्रलाई समेत सम्बोधन गर्ने पूर्वतयारी रहेको थियो । सुखानी पार्कमा हुन लागेको आमसभा पनि स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?