logo
२०८१ मंसिर १० सोमवार



तामाङ मृत फेला हत्या भएको भन्दै उजूरी

खुला |


तामाङ मृत फेला हत्या भएको भन्दै उजूरी


काभ्रे समाचारदाता
काभ्रे, फागुन २१ गते । नमोबुद्ध नगरपालिका वडा न ८ का ५३ बर्षीय कामी सिं तामाङ मृत भेटिएका छन । सोही बडाको महादेव खोलाको कच्ची सडकमा मंगलबार बिहान मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले महादेव खोलाको कच्ची सडक बाटोको हिलो माटोमा तामाङ मृत अवस्था फेला परेको जानकारी दिनुभयो । तर मृतकका छोरा हिराकाजी तामाङले आफ्नो बाबुलाई कसैले हत्या गरेर फालेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन । तामाङले ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेकाले अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो । तामाङका शव पोष्टमार्टका लागि बनेपामा रहेको शीरमेमोरियल अस्पतालमा राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?