कोकिला भण्डारी
धनकुटा, फागुन २२ गते । लैङ्गिक हिंसा विरुद्धको बर्ष अभियान २०७६ को अवसरमा महिला हिंसा विरुद्धको एक दिने आत्मरक्षा कार्यक्रम जितपुर क्याम्पसमा सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय जितपुर धनकुटाको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ धनकुटाको प्राविधिक सहयोगमा महिला हिंसा विरुद्ध अत्मरक्षा सम्बन्धी एक दिने कार्यक्रम जितपुर क्याम्पसमा सम्पन्न गरिएको प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।
अहिले समाजमा घटिरहेका महिला हिंसाका घट्नालाई आधार मानेर महिलाले कसरी तत्कालै आफ्नो रक्षा गर्ने भन्ने विषयमा तेक्वान्दो खेलाडीहरुले अभिनय गर्दै बिद्यालयमा बिद्याथीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण गराउदै अभ्यास समेत गराउनु भएको जितपुर क्याम्पसले जनाएको छ ।
उक्त कार्यक्रममा तीनवटा बिद्यालयका बिद्यार्थी, शिक्षक, अभिभावक, वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।