logo
२०८१ मंसिर १० सोमवार



विप्लवका बारा इन्चार्ज परियार पक्राउ

खुला |


विप्लवका बारा इन्चार्ज परियार पक्राउ


शिवशंङ्कर मिश्र 
बारा, फागुन २७ गते । नेत्रविक्रम विप्लव समुहका बारा जिल्ला इन्चार्जलाई पक्राउगरि ईलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा मकवानपुर प्रदेश ३ जिल्ला हेटौडा उपमहानगरपालिका–१६ हटियाटोल बस्ने इन्द्रबहादुर परियार रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताउनुभयो । पक्राउ परेका परियार विप्लव समुहका नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज समेत रहेका प्रहरीले जनाएको हो । जितपुरसिमरा उपमहानगरपालिका–११ खैरवा तथा पिलुवाटोलमा रहेको एनसेलको टावरमा बम बिस्फोटक गराएको प्रहरीले जनाएको छ ।

यसैगरि वीरगंज, पथलैया औद्योगिक कोरिडोरको उद्योगहरु जबरजस्ती रकम असुली गर्ने लगायतका बिभिन्न अपराधिक कार्यहरुमा संलग्न रहेको अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो । परियार बा.२७.प १९९१ नम्बरको मोटरसाईकलमा आउदै गरेको अवस्थामा जितपुर बजारबाट दुई दिन अधि पक्राउगर्दा उनको साथबाट ६ वटा मोबाइल, विप्लव समुहसंग सम्बन्धित पर्चा, पम्प्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?