logo
२०८१ मंसिर १० सोमवार



बलात्कारको आरोपमा चार पक्राउ

खुला |


बलात्कारको आरोपमा चार पक्राउ


महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २७ गते । परिक्रमा मेला भर्न आएकी दुई जना युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जलेश्वर नगरपालिका वडानं. ६ बस्ने वर्ष २६ को खुसनुर अंसारी, सोही ठाउँ बस्ने वर्ष २४ को राजु ठाकुर, वर्ष ३४ को सन्तोष ठाकुर र कुमार प्रभात रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोही घटनामा फरार रहेका तीन जनाको खोजविन भइरहेको छ । यही फागुन १५ गते जलेश्वरमा आएको परिक्रमाको मेला हेर्न पुगेकी दुई युवतीलाई मेलाबाट उठाएर रातो खोलाको बगरमा पु¥याएर सामुहिक वलात्कार गरिएको थियो । मेलास्थलबाट अलि टाढा पिसाब फेर्न पुगेकी दुवैलाई जवरजस्ती बलात्कार गरिएको जनाइएको छ । घटनाको उजुरी परेपछि प्रहरीले छानविन प्रक्रिया अगाडी बढाएका थिए । सोही क्रममा उनीहरुलाई छानविनको लागि पक्राउ गरिएको जानकारी दिनुहुदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?