logo
२०८१ मंसिर १० सोमवार



विद्युत सर्ट हुँदा नगरपालिकाको कार्यालयमा आगलागि

खुला |


विद्युत सर्ट हुँदा नगरपालिकाको कार्यालयमा आगलागि



बाजुरा, फागुन २९ गते । बाजुराको बुढीगङ्गा नगरपालिकाको कार्यालयमा बुधबार रात्री ८ बजेर ३० मिनेटमा आगलागि भएको छ ।
नगरपालिकाको कृषि विकास शाखामा रहेको विद्युतको तार सर्ट हुँदा आगलागि भएको छ ।

आगलागि हुँदा नगरपालिकाको कृषि,स्वास्थ्य र योजना शाखाका सम्पुर्ण सामान पुर्णरुपमा नष्ट भएको नगर प्रमुख दीपक शाहले बताउनुभयो ।  उहाँले भन्नुभयो,दिउँसो काम गरेर सबै कर्मचारी आ –आफनो कोठा तर्फ गएको र बेलुका ८ बजे विद्युतको तार सर्ट हुँदा आगलागि भएपछि शाखामा रहेका सबै सामान नष्ट भएका छन् । आगलागि हुँदा नगरपालिकाको कार्यालय रहेको मल्लो तलामा पनि ठुलो क्षेति भएको बुढीगङ्गा नगरपालिकाका सुचना अधिकारी खडक बमले बताउनुभयो ।
सुचना अधिकारी बमका अनुसार आगलागि हुँदा कार्यालयमा सबै समान नष्ट भएपछि झण्डै २१ लाख भन्दाबढीको क्षति भएको छ ।

भानोदय माविमाको छात्रबासमा बस्दै गरेका विद्यार्थीहरुले नगरपालिकामा आगलागि भएको थाहा पाएपछि उनीहरुले प्रहरीचौकीमा जानकारी गरेपछि प्रहरी ,स्थानीय र कर्मचारी जनप्रतिनिधि सबै मिलेर आगो निभाउने काम गरेको कृषि विकास शाखा प्रमुख दीपक थाहाले बताउनुभयो ।
कोही कसैले आगलागि गरेको शंका केही नभएको र कृषि शाखामा रहेको विद्युतको तार सर्ट हुँदा आगलागि भएको प्रहरी कार्यालय बाजुराका प्रमुख टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?