तनहुँ समाचारदाता
तनहुँ, फागुन २९ गते । चितवनको आक्रमणमा परी तनहुँको बन्दिपुर–गाउँपालिका–५ याम्पा, कुमालटारीका लालबहादुर नेपाली र मिरा नेपालीका ९ वर्षीय छोरा अनुप नेपाली घाइते हुनु भएको छ ।
घर नजिकै छिमेकीको घरमा भएको विवाहको कार्यक्रम हेरेर आमा र अन्य बालबालिकासंगै घर तर्फ फर्कदै गर्दा चितुवाले बुधबार साँझ ८ बजे आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिनुभयो । आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सकिएको प्रहरीले जनाएको छ । बालक याम्पा स्थित चन्द्रोदय आधारभूत विद्यालयमा कक्षा २ मा पढ्नु हुन्छ । चितुवाले आक्रमण गर्दा बालकको घाँटीमा गम्भिर चोट लागेको र उनिको डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार गरी थप उपचार पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा भईरहको छ । बालकको स्वास्थ अवस्था सुधार हुँदै गईरहेको प्रहरीले जनाएको छ ।