शेरबहादुर सार्की
बाजुरा चैत, २ गते । बाजुरामा गत शनिवार बेलुकी ५ बजे आएको अविरल वर्षाद सँगै परेको असिना पानीले अन्नबाली नष्ट पारेको छ ।
अविरल वर्षाद सँगै आएको ठुलो असिना पानीले बाजुराका अधिकाशं ठाउँमा लगाएको हिउँदेबाली गँहु,जौ, तरकारी खेती, सँगै फलफुल समेत नष्ट पारेको छ । हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा असिना पानीले यसरी सखाव पारेपछि याहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ ।
बूढीगङ्गा नगरपालिका –१० का कृष्णदेव जैशीले भन्नुभयो, हिउँदमा लागालाग गरेर लगाएको गँहु,खेती अहिले खाने समय असिना आएर सबै चुटचाट पारिदिएपछि अब हामीले के खाएर पेट पाल्ने भन्ने चिन्ता परेको बाउनुहुन्छ । बाजुराको त्रिवेणी र बुढीगङ्गाको, बह्रमतोला , कुल्देवमाण्डौ, र बारबीस, बदेडमा, तिमाडा , भण्डारगाउँ, सिगाडा, नुवाकोट,देवलसैन मोटाबाडा लगायतका ठाउँमा अविरल वर्षाद सँगै आएको असिनाले हिउँदे बाली गँहु ,जौ ,तरकारी ,फलफुल खेतीमा समेत ठुलो क्षति भएको बुढीगङ्गा नगरपालिका –१० वडा अध्यक्ष धर्मराज जैशीले बताउनुभयो ।