logo
२०८१ मंसिर १० सोमवार



विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण

खुला |


विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण


देवराम प्रसाद यादव
सप्तरी चैत २ गते । सप्तरीको बलान विहुल गाउँपालिकाका अति विपन्न परिवारलाइ निःशुल्क मिटर वितरण गरेका छन । सबैलाई विद्युतको पहुँचमा ल्याउन नेपाल विद्युत प्राधिकरणले थालेको योजनाअनुसार सो गाउँपालिकाका ३ सय अति विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गरिएको हो । गाउँपालिकाको समन्वयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनले सो परिवारलाई निःशुल्क मिटर प्रदान गरेको हो ।

वडा नम्वर ४ की ललितादेवी साहले मिटरकालागि पटक पटक फारम भरिसक्दा पनि मिटर नपाउँदा समस्या हुने गरेको बताइन् । ‘हाम्रा समस्यालाई गम्भिरतापूर्वक लिएर गाउँपालिकाले पहल गरेर गराएको निःशुल्क मिटर वितरण कार्य सराहनीय छ’ उहाँले भनिन–‘नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनले निःशुल्क मिटर वितरण गराएर आफुहरुमाथि ठुलै गुण लगायो।’

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बोदे बरसाईनका प्रमुख प्रदिपकुमार शर्माले सबैलाई विद्युतको पहुँचमा ल्याउन थालिएकोे मिटर वितरण कार्यक्रमअनुसार निःशुल्क मिटर वितरण गरिएको बताउनु भयो । ‘गरिबीका कारण कतिपय विपन्न परिवार अझैसम्म विद्युतको पहुँचमा छैन, अर्कोतर्फ कतिपयले हुकिङ गरेर विजुली वाल्ने गरेको पनि देखिन्छ’ उहाँले भन्नु भयो –‘सोही कुरालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले सुरु गरेको कार्यक्रमअनुसार अति विपन्न परिवारकासाथै सांस्कृतिक महत्वका सम्पदारुकालागि निःशुल्क मिटर वितरण गरिदै आएको छ ।’

विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यले चुहावट पनि नियन्त्रण गर्न टेवा पुग्ने प्राधिकरणले विश्वास लिएको छ । गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आफुहरु निर्वा्चित भएर आएपछि गाउँपालिकामा विद्युतीकरण गरेपनि अझै विद्युतको पहुँचबाट बाहिर रहेका परिवारलाई विद्युतको पहुँचमा ल्याउन प्राधिकरणसँग सहकार्य गरेर निःशुल्क मिटर वितरण कार्य थालिएको बताउनु भयो । उहाँले प्राधिकरणलाई आग्रह गरेरै ३ सय अति विपन्न परिवारकालागि निःशुल्क मिटर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष गोइतले बताउनु भयो । उहाँले बाँकी रहेको केही अति विपन्न परिवारलाई पनि केही समयभित्रै मिटर उपलब्ध गराइसक्ने जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?