logo
२०८२ असार ३ मंगलवार



जुवा तास खेल्ने खेलाउने पक्राउ !

खुला |


जुवा तास खेल्ने खेलाउने पक्राउ !


गोरखापत्र अनलाइन

काठमाडौ, चैत्र ३ गते । ललितपुर–१३ नख्खुदोबाटोमामा रहेको काईचा मर्हजनको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो जुवातास खेलिरहेकोे विशेष सूचनाको आधारमा प्रहरीले काईचा महर्जनको घरमा छापा मारेको थियो ।

महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुर समेतवाट खटिएको प्रहरी टोलीले घरको तेश्रो तलाको कोठामा अवैध रुपमा जुवातास खेली खेलाई रहेको अवस्थामा काईचा महर्जन लगायत गोपीलाल तामाङ, रुद्रवहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्तवहादुर घले सहित छ जनालाई नगद एक लाख २० हजार, तास सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?