logo
२०८१ मंसिर १० सोमवार



सामान्य बन्दै पनौतीको जनजीवन,टिपर भने चलेनन्

खुला |


सामान्य बन्दै पनौतीको जनजीवन,टिपर भने चलेनन्


मधुसुधन तिमल्सिना
काभ्रे, चैत ५ गते । मंगलबार दिनभरको कफ्र्यूको कारण कष्टकर बनेको पनौतीको जनजीवन सामान्य बन्दै गएको छ । सोमबार दिउँसो ४ बजे खानीखोला गाउँपालिका वडा न १ की जुनिमाया गोले र उहाँकी छोरी स्मारिकालाई टिपरले ठक्कर दिएपछि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन कार्यालयले मंगलबार ११ घण्टा कफ्र्यू लगाएको थियो ।

सोमबार साँझ पनौती बसपार्क क्षेत्रमा मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्ने क्रममा उत्तेजित भीडबाट तोडफोड, आगजनी, धाजनको क्षती भई डयूटीमा खटिएका प्रहरी माथि समेत आक्रमण हुन थालेपछि जिल्ला सुरक्षा बैठकले मंगलबार बिहान ९ बजे कफ्र्यू लगाएको थियो । पनौतीको मुख्य बजार मै कफ्र्यू लगाएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो । पनौती नगरपालिका, खानीखोला र बेथानचोक गाउँपालिकाका स्थानीय बढी प्रभावित भएका थिए । मंगलबार बेलुका ८ बजेदेखी कफ्र्यू खुलेपछि जनजीवन सामान्य बन्दै गएको स्थानीयले बताएका छन ।
पनौती नगरपालिका वडा न ७ का वडा सस्दस्य पुरुषोत्तम कर्मचार्यले जनजीवन जनजीवन सामान्य बन्दै गएको बताउनुभयो । उहाँका अनुसार टिपर बाहेक अन्य यातायातका साधान चलेका छन भने रोकिएका परिक्षा सञ्चालनमा आएका छन । कार्यालय, पसल खुलेका छन । जिल्ला प्रशासन कार्यालय प्रहरी भने परिचालन गरेको छ ।

गोलेको मृत्युपछि पनौती सोमबार साँझ तनावग्रस्त बनेको थियो । बा. ५ ख ५४८० नम्बरको टिपरले पैदल हिडेरहेका आमाछारीलाई ठक्कर दिएपछि पनौती सोमबार साँझ तनावग्रस्त बनेको थियो ।
प्रर्दशनको क्रममा नौ जना घाईते भएका थिए । प्रहरी हबलदार दीलिप बुढाथोकी, सर्वसाधारण जीवनराज तामाङ, हर्कबहादुर तामाङ र साजन चौधरी अझै पनि उपचारको क्रममा हुनुहुन्छ । उहाँहरुलाई गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । अन्य भने उपचारपछि घर फर्किएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?