logo
२०८१ मंसिर १० सोमवार



दुर्घटना नहोस् भनेर शान्ति पूजा

खुला |


दुर्घटना नहोस् भनेर शान्ति पूजा


मधुसुधन तिमल्सिना ।
काभ्रे, चैत ५ गते । पनौती नगरपालिका वडा न ७ बसपार्कमा दुर्घटना नहोस् भन्दै शान्ती पूजा गरिएको छ । सोमबार दिउँसो ४ बजे टिपरको ठक्करबाट मृत्यु भएका आमाछोरीको नाममा दुर्घटना भएको स्थलमा बौद्ध धर्म अनुसार लामा गुरुहरुले शान्ती पूजा लगाएका हुन ।

खानीखोला गाउँपालिका वडा न १ की जुनिमाया गोले र उहाँकी छोरी स्मारिकाको टिपरको ठक्करबाट मृत्यु भएको थियो । खानीखोला गाउँपालिकाका स्थानीय बुद्ध लामाका अनुसार नौ लामा गुरु मार्फत शान्ती पूजा गरिएको थियो । करिब दुई घन्टा पनौती शंखु रोड रोकेर शान्ती पूजा लगाइएको थियो । तामाङ समुदायले दुर्घटनाका कारण मृत्यु भएमा जुन स्थानमा मृत्यु भएको हो त्यही स्थानमा शान्ती पूजा लगाउने गरेका छन । शान्ती पूजा लगाएको ठाउँमा पुनःदुर्घटना नहुने उनीहरुको विश्वास रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?