मधुसुधन तिमल्सिना
काभ्रे, चैत ११ गते । विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउन गरेको छ । जिल्लाका अधिकांश स्थानीय तहले पनि लकडाउन गरेका थिए । मानिसलाई घरबाट नस्किन जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरुले सूचना जारी गरेको भएपनि बजारमा भने मोटरसाइल सञ्चालनमा रहेका छन ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले स्वास्थ्यकर्मी, दुध, पानी, खाद्यन्न र सञ्चारकर्मी बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको भएपनि मोटरसाइकल चालक निर्वाध चलिरहेको स्थानीयले गुनासो गरेका छन ।
कोरोना नफैलियोस भनेर सरकारले रोकेको छ तर मोटरसाइकल भने निर्वाध चलेका छन । एकाध पसल, होटल खुलेका छन । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले अरनिको राजमार्गमा अति आवश्यक सवारी साधन बाहेक सञ्चालनमा रोक लगाएको बताउनुहुन्छ । मुख्य राजमार्गमा प्रहरीले डिभाइजर राखेर चेक जाँज गरिरहेको उहाँले जानकारी दिनुभयो । बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका, बेथानचोक, महाभारत, भुम्लु, खानीखोला र रोशी गाउँपालिकाले सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगाडि नै घोषणा गरेका थिए ।