ह्ुम्ला समाचारदाता
सिमकोट, चैत १४ गते । आफ्नै छोरीको हत्या गरेको आरोप लागेका चंखेली गाउँपालिका वडा नम्बर ३ को कालम्बाडाका दिनेश चौलागाईलाई प्रहरी पक्राउ गरेको छ । दुई दिन अगाडी चौलागाईले छ महिनाकी छोरीको घरमै हत्या गरेका थिए ।
प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले हाल प्रहरीको नियन्त्रणमा रहेका चौलागाईले छोरीको हत्या गरेको स्वीकार गरेको बताउनु भयो । घटनास्थलबाट चौलागाईलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेर जिल्लामा ल्याएको र जिल्लामा निजले स्वीकार गरेका हुन । प्रहरीले थप अनुसन्धान भई रहेको जनाएको छ । घरमा श्रीमान श्रीमति जहिले झगडा भई रहने र झगडाकै सिलसिलामा छोरी माथि निजले काठले प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक बालिकाको लाश परि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ । लाशको शुक्रबार पोष्टमार्टम हुने भएको छ ।