लहान समाचारदाता
लहान,चैत १४ गते । कोरोना भाइरसको संक्रमण वैदेशिक रोजगारबाट आउने युवाहरुको कारण फैलिने हो कि भने त्रास ग्रामीण भेगमा बढ्न थालेको छ । यस्तो त्रास ग्रामीण भेगमा बढी देखिएको हो ।
अस्पताल, स्वास्थ्य चौकी र निर्माण गरिएका व्यवस्थित कवाराइनटाइन नहुँदा शंकास्पद विरामीहरुलाई बाहिर लैजान बोलाएको वेला एम्बुलेन्स पनि आउन नचाहेको गुनासो ग्रामीण भेगका स्थानीयहरु गुनासो गरेका हुन् ।
कतारबाट आएको विमानमा एक जनामा कोरोना संक्रमण देखिएपछि त्यहि विमानमा चैत ४ गते सखुवा नन्कारकटी ३ परिहारपुरका युवक रविन कुमार आएको त्यस भेगमा सबैलाई जानकारी भएपछि वरिपरिका गाँउहरुमा पनि त्रासित हुन थालेका त्यस वडाका वडाध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँको अनुसार कुनै लक्षण अहिले नदेखिएपनि यसको जाँच हुनुपर्ने स्थानीयहरुले भन्न थालेपछि लहानका दर्जनौ एम्बुलेन्ससँग सम्पर्क गरेर आउन भनेपछि कुनैपनि एम्कुलेन्सवाला आउन मानेन । अन्तयमा चाहिने कागजातहरु त्यार गरेर धरान मोटरसायकलमा भएपनि लैजान तयारी गरिएको गरिएको छ । अहिलेसम्म कुनै लक्षण नदेखिएपनि स्थानीयहरुमा जाँच भएर रिपोर्ट नआएसम्म स्थान्ीयहरु भयभित भइरहने अवस्था देखिएको छ । लहान अस्पताल, स्वास्थ्य चौकी र क्वाराइनटाइनमा उपचार गर्ने चिकित्सक र जिल्लामा नै आइसोलेशन नभएपछि झन् भयभित हुन थालेको छ ।
भारतबाट आएका एक दर्जनभन्दा बढी कामदारहरु गाँउपालिकामा आएका नवराजपुर गाँउपालिकाको दिपेन्द्र यादवले जानकारी दिँदै भन्नुभयो, विदेशबाट आएका युवाहरुको कुनै जाँच भएको छैन् । जबसम्म सबैको जाँच भएन भने गाँउमा त्रास कम हुने छैन । तर पहल कहिबाट पनि भइरहेको छैन ।
सिरहा जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरका अनुसार जिल्लाको १७ वटै स्थानीय तहहरुमा क्वाराइनटाईन बनाउने काम सकिएको छ । सबै क्वाराइटाईन प्राय विद्यालयहरुमा व्यवस्थित गरेका छन् । अहिलेसम्म जिल्लामा १९ जना क्वाइराइनटाइनमा रहेको छ ।
यता सिरहा स्वास्थ्य विकास कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवकाले आइसोलेशन सुचारु गर्न चाहिने उपकरण र चिकित्सकले लगाउने सुरक्षित पोशाक पिपिइ उपलब्ध नभएकोले कुनै प्रभावकारी कदम अगाडि बढाउन सकिएको छैन ।
लकडाउनको पूर्ण प्रभावककारिता ग्रामीण भेगमा नदेखिएकोले एक गाँउबाट अर्को गाँउमा जाने आउने काम भइरहेकोले यसले संक्रमण बढ्ने हो कि भने चिन्ता बढ्न थालेकोले यसको अनुगमन गर्न लागि परेको औरही गाँउपालिका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनुभयो ।
लकडाउनको उल्लघंन विहान वेलुका तरकारी बजार र चाहिने आवश्यक सामानहरु ख्रिद विक्री गर्नको लागि हुन थालेकोले यसतर्फ पनि स्थानीय सरकार र सरोकारवालाहरु सचेत हुनुपर्ने चिन्ता स्थानीयहरुले जाहेर गर्दै सामाजिक दूरी कायम हुनुपर्ने माग गर्न थालेका छन् ।
यता इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक शरद थापा क्षेत्रीले शुक्रबारदेखि पसलमा सामानहरु ख्रिद गर्न सामाजिक दूरी अनुसार अति आवश्यक सामामनहरु ख्रिद गर्न सक्ने नियम कडाइको साथ लागु गरिसकेको जानकारी दिनुभयो ।