logo
२०८१ मंसिर ११ मंगलवार



क्वारेन्टाइनमा निरन्तर राख्न समस्या

खुला |


क्वारेन्टाइनमा निरन्तर राख्न समस्या


डिलबहादुर सिंह
डोटी,चैत १४ गते । प्रभावकारी परामर्श र पर्याप्त सुरक्षा ब्यवस्था नहुदा भारतबाट फर्किएकाहरुलाइ निरन्तर क्वारेन्टाइनमा राख्न समस्या भएको छ ।

सहि जानकारी बिना नै क्वारेन्टाइनमा राख्न थालिए पछि समस्या भएको छ । स्थानीय तहहरुमा पर्याप्त स्वास्थ्यकर्मी नभएका कारण पनि समस्या भएको बताइएको छ । सायल गाउँपालिकाका स्वास्थ्य सँयोजक शिवराज जोशीले भन्नुभयो,–‘स्वास्थ्यकर्मी पनि अभाव छ, सुरक्षाकर्मीहरु पनि पर्याप्त छैनन् ब्यवस्थीत किसिमले क्वारेन्टाइन सञ्चालन गर्न समस्या भएको छ ।’
क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु कतिपय स्थान रातिको समयमा घर गएर बिहान फेरी क्वारेन्टाइनमा फर्किने गरेका घटना भएका छन् ।

काम लागि भारत भारतका गएकाहरु केरोना भाइरसको सँक्रमणको त्रासका कारण घर फर्किएका हुन् । भारतबाट फर्किएका ब्यक्तिहरुलाई राख्नका लागि जिल्लाका सबै स्थानीय तहहरुले सार्बजनिक भवन तथा बिद्यालयहरुमा क्वारेन्टाइनको ब्यबस्था गरेका छन् । जिल्लामा हाल भारतबाट फर्किएका २ सय ९० भन्दा बढीलाई जिल्लाका बिभिन्न स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?