logo
२०८१ मंसिर ११ मंगलवार



खजुराको इन्टरनेट सुविधा सहितको क्वारेन्टाइन भरिएपछि बेडहरु थपिंदै

खुला |


खजुराको इन्टरनेट सुविधा सहितको क्वारेन्टाइन भरिएपछि बेडहरु थपिंदै


सिराज खान ।
नेपालगञ्ज, चैत १४ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेट सुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ । २५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र अन्य देशबाट आएका २६ जना पुगेपछि कोठा र बेड थप्ने कार्य भैरहेको खजुरा गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको ४९ औ बैठकले निर्णय गरे बमोजिम मैटहवा माबिमा तयार गरिएको २५ बेडको सुविधायुक्त क्वारेनटाइन दुई दिनमै भरिएको हो । सो क्वारेन्टाइनमा बस्नेहरुलाई बस्ने खाने शौचालय प्रयोग गर्ने देखी अन्य स्वास्थका कुरामा स्तरीय प्रवन्ध मिलाइएकोले विदेशबाट आएकाहरु आफै आएको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कमार कक्षपतिले बताउनु भयो ।

उहाँले क्वारेन्टाइन स्थलमा स्वास्थ्को टिम सहित सेवा प्रदान गरिरहेको जनाउनु भयो ।  क्वारेन्टाइनमा बस्ने र व्यवस्थापन मिलाउने हेरविचार गर्ने सबैलाई कुनै असजिलो र एकान्त महसुस नहोस र समय काट्न सजिलो होस भनेर नेट सहितको सुविधा प्रदान गरिएको अध्यक्ष कक्षपतिले बताउनु भयो ।

उहाँले आवश्यकता अनुसार अरु बेड थप गरिने जनाउँदै बेड स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखाले कम्बल, बाल्टी, मग, मेट्टेस आदि सहयोग गरेको बताउनु भयो ।
नेपालगञ्जको क्वारेन्टाइन परिवर्तन गर्न माग

नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन मान्छे बस्ने लायकको नभएकोले त्यसलाई तत्काल सुधार गर्न माग गरिएको छ ।
हाल सो क्वारेन्टाइनमा रहेका ९ जनाले त्यहाँ फोहोर रहेको लामखुट्ट्े लागि रहेको र शौचालय समेत अत्याधिक फोहोर भएकोले एकदिन पनि बस्न नसक्ने गुनासो गर्दै परिवर्तन गर्न माग गरेका छन् ।

सो क्वारेन्टाइनमा हालसम्म ९ जना विदेशबाट आएका नेपालीहरुलाई राखिएको छ । उनिहरुले त्यहाँबाट नसारिए झन विरामी हुने चिन्ता व्यक्त गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगरले सुधार गर्नु पर्ने आवश्यकता देखिएकोले सुधार गर्ने कार्य भैरहेको बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?