हुम्ला समाचरादाता
सिमकोट चैत १५ गते । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काडा गाउँकी सोतर टिपेर जंगलबाट फर्कने क्रममा भारीले ढेस्दा भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको ४८ घण्टापछि कठिन रुपमा उद्धार गरेर नेपालगंजको मेडिकल कलेजमा पुर्याइएको छ ।
चैत १३ गते बिहान घटना स्थलबाट पालिका केन्द्र छप्रेलामा रहेको स्वास्थ्य केन्द्रमा ल्याउद बेहोस अबस्थामा रहेकी १८ बर्षीया बालिका माघी खड्काको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गाउँपालिकाको गाडीमा लकडाउनकाबिच निक्कै शास्ती खेपेर उद्धार गरिएको हो ।
चैत्र १५ गते बिहान खड्कालाई एम्बुलेन्समा राखेकर बाँकेको नेपालगंजको कोहलपुर मेडिकल कलेजमा पुर्याएर आइसियुमा राखेर उपचार सुरु भएको घाइतेकमा दाई मनजित खड्काले बताउनु भयो । घाइतेको अबस्थाका बारेम रिपोर्ट नआएकोले केही भन्न नसकिने डाक्टरले बताएको उहाँले बताउनु भयो । यस अघि गाउँपालिकाको गाडीमा बाजुरा पुर्याइएको थियो । त्यहाँको अस्पतालले पनि नसक्ने जनाएपछि बाजुराबाट एम्बुलेन्समा अछाम हुदै सुर्खेत पुर्याइएको थियो । चैत १४ गते बेलुका साढे छ बजे प्रदेश अस्पताल सुर्खेत पुर्याइएको भएपनि सिटिस्क्यानको सुबिधा अस्पतालमा नभएको भन्दै अस्पतालको गेटबाटै फिर्ता पठाइएको घाइतेका दाई खड्काले बताउनु भयो ।
त्यसपछि घाइतेलाई सिधै नेपालगंजको मेडिकल कलेजमा पुर्याइउको हो । आखिर अस्पतालमा सिटिस्क्यान भएको जानकारी प्राप्त भएको छ । यस अघि कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल बहादुर रावललाई फोन गरेर हवाई उद्धार गर्नका लागि आग्रह गर्न खोज्दा फोननै नउठेको घाइतेका आफन्तहरुको आरोप छ छ । गाउँ नजिकैको बनमा सोतर टिप्न बनमा गएको र सोतर टिपेर भारी बोकी घर आउने बेला भिरमा भारीले ढेस्दा पाँच सय मिटर तल खस्दा बालिका घाइते हुनु भएको थियो ।
खड्का लडेको भिरबाट मानिसले बोकेर घरमा ल्याएको र त्यताबाट बोकेर दुई घण्टा पैदल स्वास्थ्य चौकी छप्रेलामा पुर्याइएको थियो । घाइते बालिका बेहोस अबस्थामा स्वासथ्य चौकीमा पुर्याएको र प्राथमिक उपचार पछि होस आएको भएपनि उहाँलाई स्वास्थ्य चौकीमा उपचार गर्न नसकिने भएको हुँदा जिल्ला बारिह रिफर गरिएको थियो । घरको आर्थिक अबस्था कमजोर भएको कारण उपचारमा समस्या हुने भएको छ । बुढा गत चैत्र ६ गतेबाट सुरु हुन नसकेको एसइई परिक्षामा सहभागिता जनाउदै थिइन ।